Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपालीको घनाबस्ती रहेको सिड्नीमा चक्कु आतंक, आतंक मच्चाउने विदेशी विद्यार्थी प्रहरी कारबाहीमा मारिए !

नेपालीको घनाबस्ती रहेको सिड्नीमा चक्कु आतंक, आतंक मच्चाउने विदेशी विद्यार्थी प्रहरी कारबाहीमा मारिए !


ब्रिजबेन । नेपालीहरुको घना बस्ती रहेको सीड्नीको अवन क्षेत्रमा आतंक मच्चाउने विदेशी विद्यार्थी प्रहरी कारबाहीमा मारिएका छन् । अवन ट्रेन स्टेशनमा कार्यरत क्लिनर्सलाई मध्यराती चक्कु प्रहार गरेर नजिकै रहेको प्रहरी स्टेशनमा पुगेर प्रहरी अधिकारिलाई समेत आक्रमण गरेपछि जवाफी कारबाहीमा भारतीय मुलका विद्यार्थी मारिएका हुन् ।

Photo By 7news

प्रहरीको जवाफी कारबाहीमा दुईवटा गोली छातिमा लागेका व्यक्तिलाई म्यारामेडिक्सले घटनास्थलमै उपचार गरेर नजिकैको वेस्टमिड अस्पताल पुर्याएपनि बचाउन नसकिएको न्यु साउथ वेल्स प्रहरीले जनाकारि दिएको छ । न्यु साउथ वेल्थ प्रहरीका असिस्टेन्ट कमिस्नर स्टुअर्ट स्मिथका अनुसार सन २०१९ मा भारतबाट पढ्न अष्ट्रेलिया आएका ती विद्यार्थी अहिले पनि विद्यार्थी भिसामै रहेका थिए । चक्कु प्रहारबाट घाइते भएका व्यक्तिको वेस्टमिड अस्पतालमा उपचार भैरहेको छ भने अवस्था चिन्तामुक्त रहेको बताइएको छ ।

अवन ट्रेन स्टेशन र प्रहरी चौकी क्षेत्रलाई क्राईम सिन क्षेत्रका रुपमा नियन्त्रणमा राखेर घटना बारे विशेष अनुसन्धान सुरु गरिएको छ । सीसी टिभि फुटेज संकलनसहित बाँकी अनुसन्धानमा प्रहरी जुटेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ