Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsएनआरएनए अष्ट्रेलिया संघिय प्रणालीमा दर्ता । बल्ल पायो कानुनी मान्यता

एनआरएनए अष्ट्रेलिया संघिय प्रणालीमा दर्ता । बल्ल पायो कानुनी मान्यता


सिड्नी
गैर आवासिय नेपाली संघ अष्ट्रेलिया संघिय स्तरमा दर्ता भएको छ । अध्यक्ष टोनु घोतानेको सक्रियतामा तीन जना कानुनी व्यवसायीको सहयोगमा एनआरएनए संघिय प्रणालीमा दर्ता भएको हो ।

एनआरएनएलाई अष्ट्रेलियन स्यक्युरिटिज एण्ड इन्भेसमेन्ट कमिसन (एसिक) मा कर्पोरेट कम्पनीको रुपमा दर्ता गरिएकोे हो । यो दर्ता संगै संघिय प्रणालीमा गएको एनआरएनएले अष्ट्रेलियाको सबै राज्यहरुमा शाखा दर्ता गरि आफ्नो काम कारवार्ही गर्न पाउने भएको अध्यक्ष टोनु घोतानेले जानकारी दिनुभयो ।
यसअघि गैरआवासिय नेपाली संघ अष्ट्रेलिया न्यु साउथ वेल्स र भिक्टोरिया राज्यमा छुट्टा छुट्टै रुपमा फेयर ट्रेडिङमा दर्ता थियो । त्यस बखत गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका विभिन्न राज्यस्तरका कमिटीहरुले गरेका काम कारवार्हीहरुले कानुनी मान्यता पाउने अवस्था नरहेको अध्यक्ष घोतानेको भनाई छ ।
‘अब बल्ल एनआरएनए अष्ट्रेलियाले कानुनी मान्यता पायो’- अध्यक्ष घोतानेले भने- ‘अब सबै राज्यस्तरमा भएका शाखाहरु एउटै छानामुनी आएका छन्’ ।


न्यु साउथ वेल्स राज्यमा दर्ता भएको गैर आवासिय नेपाली संघ अष्ट्रेलियाकै निरन्तरता स्वरुप संघिय प्रणालीमा दर्ता गरिएको हो । जसका लागि संघको २०१७ को विधानलाई आधार बनाइएको छ । संघको कार्यलय नभएकाले हाल अध्यक्षकै ठेगाना राखेर दर्ता गरिएको हो ।
संघलाई संघिय प्रणालीमा दर्ता गर्न सिड्नी र मेलवर्नका वकिलका लागि १४ हजार डलर खर्च भएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ ।
जसमध्ये मेलवर्नको वकिलको पारिश्रमिक वापतको ४ हजार डलर एनआरएनएका पुर्व अध्यक्ष शेष घलेले व्यहोरेको संघले जनाएको छ ।
‘म आफै वकिल भएकाले र आफै दिनरात खटिएकाले पनि खर्च कम लाग्यो’ -अध्यक्ष घोतानेले भने – ‘न्यु साउथ वेल्सको लिगेसीकै निरन्तरता दिई संघलाई संघिय प्रणालीमा दर्ता गर्ने काम सजिलो थिएन’ ।

एनआरएनए कम्पनीको रुपमा दर्ता हुनुलाई पहिलो उपलब्धी मानिएपनि गैर नाफा मुलक संस्था (च्यारिटी) मा दर्ता गर्न भने अझै बाकी छ ।
च्यारिटीमा दर्ता नभएसम्म संस्थाले गर्ने आर्थिक कारोवारको आम्दानी कर तिर्नुपर्छ । संस्थालाई अब बन्ने नेतृत्वले च्यारिटीमा दर्ता गर्न पहल गर्ला ?



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ