Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaपर्थको एक रेस्टुरेन्ट र सञ्चालकमाथी २७ हजार बढी डलर जरिवाना, कारण यस्तो

पर्थको एक रेस्टुरेन्ट र सञ्चालकमाथी २७ हजार बढी डलर जरिवाना, कारण यस्तो


ब्रिजबेन । पर्थका पूर्व रेस्टुरेन्ट सञ्चालक र रेस्टुरेन्ट सञ्चालक कम्पनीमाथी अदालतले २७ हजार बढी जरिवाना गराएको छ । फेयरवर्क अम्बुडस्म्यानले कानुन अनुसार कामदारलाई तलब सेवा सुविधा नदिएको भन्दै संघीय अदलातमा दर्ता गराएको मुद्धामाथी फैशला गर्दै संघीय अदालतले २७ हजार ९३० जरिवाना गराएको हो ।

पर्थको वेम्बलीमा सञ्चालित कम्पनी माथी २३ हजार २१० र निर्देशक उपर ४ हजार ६२० जरिवाना तोकिएको छ । रेस्टुरेन्टमा पूर्णकालिन कामदारका रुपमा कार्यरत थाइल्याण्डको भिसा वाहक कामदारले कानुन अनुसारको तलब सेवा सुविधा नपाएको भन्दै फेयरवर्क अम्बुडस्म्यानमा उजुरी गरेपछि कानुनी कारबाही अघि बढाइएको थियो । सेप्टेम्बर २०२० देखी जारी सुरु अनुसन्धान पुरा गरेर केही समयअघि हदालतमा मुद्धा दर्ता गरिएको थियो । अदालतको पछिल्लो फैशलााले रेस्टुरेन्ट र सञ्चालकलाई जरिवानाको अतिरिक्त कर्मचारीको ब्याज र सेवानिवृत्तिसहितको पूर्ण भुक्तानीको आदेश समेत दिएको छ ।

फेयर वर्क ओम्बड्सम्यान सान्ड्रा पार्करले कानुन उल्लंघन गर्ने व्यवसाय र सञ्चालकलाई सचेत हुन आग्रह गर्दै अदालतको दण्डबाट कोही बच्न नसक्ने बताउनुभयो । कानुन अनुसारको तलब सेवा सुविधा नपाएमा फेयरवर्क अम्बुडस्म्यानको निशुल्क सहयोग लिन समेत आग्रह गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ