Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsविद्यार्थीलाई काम र कोठा खोजिदिने अमृत एनआरएनएको उमेद्वार

विद्यार्थीलाई काम र कोठा खोजिदिने अमृत एनआरएनएको उमेद्वार


अध्ययनका लागि अष्ट्रेलियाको ब्रिजवेन पुग्ने जो कोही अमृत खत्रीको सम्पर्कमा पुग्छन् । उनी कुनै सेलिब्रटी त होइनन् तर, नयाँ विद्यार्थीका लागि सारथी भन्दा कम छैनन् ।
काम र कोठा खोज्न मात्रै होइन बस्ने ठाउ नभएका विद्यार्थीलाई आफ्नै घरमा समेत आश्रय दिने खत्रीे विद्यार्थीकै हितका लागि वर्षौदेखि खटिरहेका छन् ।
समस्यामा परेका विद्यार्थीसंग सम्पर्क गर्न सजिलो होस् भनेर उनले फेसबुक ग्रुप नै चलाएका छन् । ३ वर्ष अघि खोलिएको नेपलिज कम्युनिटी इन क्विनस्ल्याण्ड नामको फेसबुक समुहमा ५ हजारभन्दा बढी सदस्य छन् । ग्रुप उनले अष्ट्रेलियामा उपलब्ध काम, कोठा र महत्वपूर्ण सूचनाहरु पोष्ट गर्दै आएका छन् ।
‘म अष्ट्रेलिया आएदेखि नै समुदायको हीतमा काम गर्दै आएको छु’- खत्रीले भने -‘तर, समयमा सुचना पु¥याउन नसक्दा सहयोग गर्न पनि गार्हो हुने रहेछ, त्यसैले मैले फेसबुक ग्रुप नै चलाएको हो’ ।

आफ्नो कामकाजै छोडेर सामाजिक हीतमा सक्रिय खत्री पेशाले आइटी इन्जिनियर हुन् ।
सन् २०१९ २१ को कार्यकालका लागि तीनै खत्री  क्विन्सल्याण्ड राज्यको उपसंयोजक पदका लागि उमेद्वार बनेका छन् । आफ्नो उमेद्वारी घोषणा गर्दै खत्रीले फेसबुकमा लेखेका छन् – व्यक्तिगत तहबाट सामाजिक कार्य गर्दा ठुलो संख्यामा प्रभाव पार्न नसकेको महशुस गरेको छु । त्यसैले यस पटकको एनआरएनएको कार्यकारी समितिमा बसेर काम गर्ने मनसायले मैले उपसंयोजकको उमेद्वारी दिने निर्णय गरेको छु ।

उनले आफ्नो उमेद्वारी घोषणामा यसअघि सन् २०१० देखि नै एनआरएनको सदस्य भएर काम गरेको बेलिविस्तार लगाएका छन् । उनले यसअघि नेपलिज एशोसियसन अफ क्विन्सल्याण्ड, इथनिक कम्युनिटी अफ क्विन्सल्याण्डमा रहेर समुदायका लागि काम गरिसकेको समेत उल्लेख गरेका छन् ।
राज्यस्तरमा काम गर्न ठुला ठुला एजेण्डाहरु भन्दा पनि सामाजिक कार्यका लागि सबै एकजुट हुनुपर्ने खत्रीको भनाई छ ।
सामाजिक कार्यलाई संस्थागत रुपमै अघि बढाउनका लागि पनि एनआरएनएमा आफु आउनुपर्ने भन्दै खत्रीले सहयोग गर्न सबैलाई अनुरोध गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ