अमेरिकामा ठगीमार्फत संकलित पैसा नेपाल ल्याइएको प्रकरण, ६ जना कारागार चलान !
काठमाडौं । ठगी, सार्वजनिक लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्धा अघि बढाइएका अछामका पृथ्वी शाहसहित ६ जना जेल चलान भएका छन् ।जिल्ला अदालत काठमाडौंले पृथ्वीसहित उनका भाइ विजयविक्रम शाह, सहयोगी अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
अनुसन्धानपछि मुद्धालाई अदालती प्रक्रियामा अघि बढाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार शाहसँगै पक्राउ परेकी विनिता तामाङलाई अदालतले ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ । अमेरिकमाबाट ठगीको पैसा नेपाल ल्याइएको प्रकरणमा संलग्न अन्य केही अझै फरार रहेका छन् । अमेरिकामा अनलाइनमार्फत ठगी गरेको रकम नेपाल ल्याएको आरोपमा शाहलाई सीआईबीले पक्राउ गरेर २४ वटा उजुरी उपर छाविन गरेको थियो ।
पृथ्वीको समूहलाई संगठित रुपमा ठगी गर्न गराउने सघाउने अन्तर्राष्ट्रिय समूहमाथि अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ । अब मुद्धाको अन्तिम किनारा नलाग्दासम्म यो समुह हिरासतमै रहनेछ ।
तपाईको प्रतिक्रिया