चितवनमा अलपत्र क्रिकेट रंगशालाबारे कलाकार धुर्मुसले मुख खोले, सरकारसँग यस्तो आग्रह !
काठमाडौं । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रंगशालाबारे छिटो निर्णय गर्न सरकारसँग आग्रह गर्नुभएको छ । मंगलबार रंगशाला स्थलबाट सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारणमा जोडिनुभएका धुर्मुुुसले सरकारले निर्णय देला र हरहिसाब सार्वजनिक गरौंला भनेर बस्दाबस्दै डेढ वर्ष बितेको बताउनुभएको छ ।
एकपछि अर्को समिति बन्दा पनि निर्णय नभएको भन्दै धुर्मुसले सरकारबाट भैरहेको ढिलाइले रुँदै हिँड्नुपरेको गुनासो गर्नुभएको छ । ‘देशका लागि काम गर्दाको सजाय यति कठोर होला भन्ने कल्पना समेत गरेको थिएन । म बिन्ती गर्छु, यदि मेरो खोट छ भने निर्णय होस्’ कलाकार धुर्मुसले भन्नुभएको छ । धुर्मुसले रंगशाला निर्माण गर्न सहयोग गर्नेहरुलाई धन्यवाद दिदै भन्नुभएको छ- ‘कोही कसैलाई हाम्रो हिसाब चित्त बुझेको छैन भने एक पटक रंगशाला आइदिनुस् । तपाईंले गरेको सहयोग बराबर संरचना बनेको ठहर्याएर म मर्न तयार छु । तर मलाई पलपल नमारिदिनुस् ।’
धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्षसमेत रहेका धुर्मुस क्रिकेट रंगशाला निर्माणका नाममा उठाएको रकम हिनामिना गरेर रंगशाला अलपत्र बनाएको भागेको अभियोग खेपिरहनुभएको छ । इमान्दार काम गर्दा आफूमाथी बारम्बार प्रश्न उठेको तर्फ शंकेत गर्दै धुर्मुसले सरकारले गर्ने निर्णयले चितवनस्थित प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको भविश्य निर्धारण हुने समेत बताउनुभएको छ ।
तपाईको प्रतिक्रिया