Friday, 3 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रहरीको नयाँ आईजीपीमा बसन्त कुँवर नियुक्त, यसरी मारे छलाङ

प्रहरीको नयाँ आईजीपीमा बसन्त कुँवर नियुक्त, यसरी मारे छलाङ


काठमाडौं । पहिलो नम्बरमा बढुवा भएर दुईदिन अघि मात्रै एआईजीको फुली लगाउनुभएका बसन्त कुँवर प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त हुनुभएको छ । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले एआईजी कुँवरलाई आईजीपिमा बढुवा गर्ने निर्णय गरेको हो ।

दुई दिनअघि मात्र एआईजीको फुली लगाएका कुँवरसहित ५ जना आईजीपी बन्ने होडमा थिए । कुँवरले २०८१ चैतसम्म नेपाल प्रहरीको आईजिपीको जिम्मेवारी सम्हाल्नेछन् । हालका आईजिपी धिरजप्रताप सिंहले ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राती १२ बजेदेखि अनिवार्य अवकाश पाउँदैछन् । उनीसहित ९ जना उच्च प्रहरी अधिकारी एकसाथ उमेर हदका कारण अवकाश हुन लागेका हुन्। सिंह गत बैशाखको तेस्रो साता मात्रै आईजीपी बनेका थिए ।

एसएसपीबाट डीआईजी बढुवा हुनेक्रममा छलाङ मारेका कुँवर नेपाली कांग्रेसनिकट मानिन्छन् । गत असारमा एसएसपीबाट पहिलो नम्बरमा डीआईजीमा बढुवा हुनुभएका कुँबर एआईजीमा बढुवा गर्दा समेत वरियता हेरफेर नगरि पहिलो नम्बरमा पर्नुभएको थियो । यसअघि एसएसपीमा कुँवर १३ औँ नम्बरमा रहनुभएको थियो । कुँवरका दाई बाबुराम नेपाली कांग्रेस नेतृत्वको देउवा सरकारका बेला महान्यायधिवक्ता बन्नुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ