Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनक्कली कागजात बनाएर विदेश पठाउने मेनपावरमाथी कारबाही गर्न संसदमा उठ्यो आवाज !

नक्कली कागजात बनाएर विदेश पठाउने मेनपावरमाथी कारबाही गर्न संसदमा उठ्यो आवाज !


काठमाडौं । मेनपावरहरूले मनपरी ढंगले विदेश पठाइरहेको भन्दै सरकारलाई गम्भिर बन्न राष्ट्रिय सभा सदस्यहरुले ध्यानाकर्षण गराएका छन् । आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै नेकपा एसकी सांसद जयन्तीदेवी राईले नक्कली कागजपत्र बनाएर मनपरी गरिरहेका मेनपावरमाथी कारबाहीको माग गर्नुभएको हो ।

नागरिकलाई सरकारले वैदेशिक रोजगारीमा जाने र सुरक्षितसँग काम गर्ने वातावरण सिर्जना गर्न नसकेको आरोप समेत राईले लगाउनुभयो । वैदेशिक रोजगारको क्षेत्रमा क्रियाशिल व्यवसायिक संस्थाहरुले विभिन्न खालका कागजपत्र बनाएर, नक्कली कागजपत्र बनाएर पठाइरहेको स्थितिलाई सरकारले निगरानी राख्नुपर्छ कि पर्दैन ? उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ की पर्देन ? उहाँले सरकारसँग प्रश्न गर्नुभयो । मेनपावरको मनोमानीले गरिब, निमुखा जनताले दुःख र कष्ट भोगिरहेको भन्दै सरकारले व्यथिति सुर्धानुपर्ने जयन्तीदेवी राईको जिकिर थियो ।

सरकारले वैदेशिक रोजगारीमा जानेलाई सुरक्षित र स्वतन्त्र ढंगले काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने, सकेसम्म स्वदेशमा नै उद्योगधन्दा खोलेर रोजगारी सिर्जना गर्नुपर्नेमा सांसदहरुको जोड रहेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ