Friday, 3 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकतारमा रहेका नेपाली कामदारको गुनासो : ‘रोजगारी गुम्ने क्रम बढ्यो, तलब समेत घटाउन थालियो’

कतारमा रहेका नेपाली कामदारको गुनासो : ‘रोजगारी गुम्ने क्रम बढ्यो, तलब समेत घटाउन थालियो’


काठमाडौं । कतार विश्वकप २०२२ को पूर्वाधार निर्माणका क्रममा नेपालबाट कतार पुगेका नेपाली कामदार यतिबेला रोजगारी गुमाउने समस्यामा पर्न थालेका छन् । कतारमा काम नपाएर स्वदेश फर्किनेहरु बढ्दैगर्दा कतिपय थोरै तलबमा काम गर्न बाध्य भएका कतारस्थित नेपाली कामदारले नेपाल ट्युबसँग गुनासो गरेका हुन् ।

१० वर्षसम्म कतार विश्वकपको पूर्वाधार निर्माणको अभियान चलेसँगै नेपालबाट कतार पुग्नुभएका पदम मगरले कतार यतिबेला सुनसान जस्तै बनेको, भएको रोजगारी गुमाउने र काम नपाउदा थोरै तलबमा काम गर्नुपर्ने बाध्यता आएको जानकारि दिनुभयो । पदम जस्तै जीवन चेम्जोङसमेत यस्तै मारमा परेको बताउनुहुन्छ । विगतमा चलहपहल पूर्वाधार निर्माणको रोजगारी भएपनि यतिबेला नयाँ रोजगारी त परको कुरा भएको रोजगारीबाट समेत धेरै नेपालीहरु कटौँतीमा परेका छन् ।

कतारमा ४ लाख नेपाली कामदार रहेको सरकारी तथ्यांक छ । गत वर्ष मात्रै कतार रोजगारीका लागि भन्दै १ लाख ८४ हजारले श्रम स्विकृति लिएका छन् । एमनेस्टी इन्टरनेश्नल नेपालले विश्वकप संरचना निर्माणका क्रममा १६ सय नेपाली कामदारले ज्यान गुमाएको दाबी गर्दै आएपनि नेपाल सरकारले आधिकारी तथ्यांक सार्वजनिक गर्न सकेको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ