Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा ठूलो साईबर हमला, झण्डै डेढ करोड ग्राहकका गोप्य बिवरण कब्जा !

अष्ट्रेलियामा ठूलो साईबर हमला, झण्डै डेढ करोड ग्राहकका गोप्य बिवरण कब्जा !


ब्रिजबेन । अष्ट्रेलियामा अहिलेसम्मकै सबैभन्दा ठूलो साईबर हमलाको घटना बाहिरिएको छ । अष्ट्रेलिया र न्युजिल्याण्डमा कार्यालय राखेर व्यक्तिगत ऋण दिदैआएको ल्याटिच्युड फाइनान्समा साईबर हमला हुँदा १ करोड ४० लाखको व्यक्तिगत विवरण चोरी भएको हो ।

नयाँ र पुराना गरेर १ करोड ४० लाख ग्राहकको व्यक्तिगत विवरण साईबर हमलामा पर्दा ७९ लाखको चालक अनुमति पत्र र ६१ लाख व्यक्तिको अन्य विवरण चोरी भएको प्रारम्भिक आँकलन कम्पनीले सार्वजनिक गरेको छ । ५३ हजार मानिसको राहदानी पासपोर्टको बिवरण समेत चोरी भएको आशंका गरिएको छ । जेवी हाईफाई, हार्बि नरम्यान,गुड गाईज र डेभिड जोन्समार्फत अष्ट्रेलिया र न्युजिल्याण्डमा व्यक्तिगत ऋण प्रवाह गर्दैआएको कम्पनीमाथीको साईबर हमलालाई चासोसहित चिन्ताका रुपमा समेत लिइएको छ ।

साईबर हमलाको सिकार भएको ल्याटिच्युड फाइनान्सले चालक अनुमति पत्र नयाँ बनाउन कम्पनीले पैसा दिने जनाएको छ । आफ्नो अकाउन्टमा शंकास्पद गतिबिधि भएमा सचेत भएर जानकारी गराउन समेत सबै उपभोक्तालाई ल्याटिच्युड फाइनान्सले सचेत गराएको छ ।

अष्ट्रेलियामा सेप्टेम्बरमा अप्टस र अक्टोबरमा मेडिबैंकका लाखौँ ग्राहकको व्यक्तिगत विवरण साईबर हमलाबाट चोरी भएको थियो । साईबर हमला बढेसँगै यतिबेला अष्ट्रेलिया सरकार कडा कानुन निर्माणमा जुटिरहेको छ । News Source : https://www.abc.net.au/news/



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ