Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaपोर्चुगलमा पासपोर्टको एक महिने घुम्ती सेवा, समय बढाइदिन परराष्ट्र र दुतावाससँग माग !

पोर्चुगलमा पासपोर्टको एक महिने घुम्ती सेवा, समय बढाइदिन परराष्ट्र र दुतावाससँग माग !


पोर्चुगल । पासपोर्ट अभावमा समस्या भोगिरहेका पोर्चुगलका नेपालीहरुले केही दिन यता राहतको अनुभुति गर्न थालेका छन् । पासपोर्टको घुम्ति सेवा लिस्बेनमा आएसँगै नेपाली पासपोर्टको म्याद सकिएर, च्यातिएर र हराएर मारमा परेका पोर्चुगलस्थित ५ हजार बढी नेपालीले राहतको अनुभुति गर्न पाएका हुन् ।

पेरिसमा रहेको नेपाली राजदूतावासले करिब एक महिनाका लागि पासपोर्ट बनाउने घुम्तीसेवा पोर्चुगलको लिस्बोनमा पुर्याएको छ । एनआरएनए पोर्चुगलका अध्यक्ष रविन अधिकारीले म्याद भएकाहरुले समेत भीडभाड गर्ने र नाम लेखाउने भन्दा साच्चै पासपोर्ट अभावमा मार खेपिरहेकाहरु मात्रै सिभिरमा आएर सेवा लिन आग्रह गर्नुभएको छ । एनआरएन पोर्चुलका बरिष्ठ उपाध्यक्ष बिष्णु बस्नेतले धेरैसँग राहदानी नभएकाले यो समयअवधी छोटो हुने बताउनुभएको छ । परराष्ट्र र राजदूतावाससँगको समन्वयमा सबैको समस्या समाधानको पहल हुने उहाँले बताउनुभएको छ । पासपोर्ट सिभिर एक महिनासम्म चल्ने र राहदानी अभावमा मारमा रहेकाहरुलाई आवश्यक सेवा लिन आह्वान गरिएको छ ।

सेवाग्राहीसँगै पोर्चुगलमा विभिन्न सामाजिक कार्यक्रमा सक्रिय रहनुभएका धन शेर्पाले २ महिनासम्म सिभिर सञ्चारन गरेर समस्यामा परेका ५ हजार बढी नेपालीलाई राहदानी बनाइदिनु आग्रह गर्नुभएको छ । प्रान्सको पेरिसस्थित राजदूतावास र परराष्ट्र मन्त्रालय राहदानी समस्याबारे गम्भिर र जिम्मेवार बन्नुपर्ने देखिएको छ ।


ट्याग : #Nepali in Portugal, #Nepali passport #nepali #portugal #passport #renew #nepaliinportugal #lisbon #nepaltube #saralgurung #nepal #nepaliembassy #paris #france #europe
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ