Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचितवनको अलपत्र क्रिकेट रंगशाला अब सरकार आफैले बनाउने, धुर्मुसलाई हाईसञ्चो !

चितवनको अलपत्र क्रिकेट रंगशाला अब सरकार आफैले बनाउने, धुर्मुसलाई हाईसञ्चो !


काठमाडौं । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अब सरकारले जिम्मा लिएर बनाउने भएको छ । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माण सुरु भएको क्रिकेट रंगशाला आर्थिक अभावलाई कारण देखाउँदै लामो समयदेखि अलपत्र रहेकोमा अब सरकार आफैले बनाउने भएको हो ।

सोमबारको मन्त्रिपरिषद बैठकले रंगशालाको स्वामित्व लिने विषयमा आवश्यक प्रक्रियामा जाने निर्णय गरेको बताइएको छ । सरकारले स्वामित्व लिएसँगै रंगशाला निर्माणले निरन्तरता पाउने आशा गरिएको छ । यति ठूलो राष्ट्रिय गौरबको आयोजना कलाकारद्धय धुर्मुस र सुन्तलीले अघि बढाएका थिए । स्वदेश र विदेशबाट रंगशालाका लागि धेरै ठूलो सहयोग पनि संकलन भयो । तर प्रतिबद्धता अनुसारको पैसा नआएको भन्दै विसं २०७७ साउनदेखि रङ्गशाला निर्माणको काम रोकिएको थियो । फाउन्डेसनले विभिन्न व्यक्ति र संस्थालाई रु १८ करोड ४१ लाख भुक्तान गर्न बाँकी रहेको जनाएको छ । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलका अनुसार निर्माणका क्रममा ५७ करोड ९२ लाख खर्च भएको छ ।

नगद रकम र जिन्सी गरी रंगशाला निर्माणका लागि ३९ करोड ८० लाख उठेको कट्टेल बताउँदैआएका छन् । केही दिन अघि मात्रै अलपत्र रंगशाला क्षेत्रमा पुगेर आफूमाथी उठाइएका प्रश्नहरु निराधार रहेको भन्दै सरकारले स्वामित्व लिएर तत्काल रंगशाला निर्माणको काम अघि बढाउन भिडियो लाईभमार्फत धुर्मुसले सरकारलाई ध्यानाकर्षण गराएका थिए । धुर्मुस सुन्तली फाउन्डेसनले रङ्शाला निर्माणका क्रममा रकम अभाव भएको भन्दै काम छोडेपछि झन्डै दुई वर्षदेखि रंगशाला अलपत्र अवस्थामा रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ