Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा सरकारी फोनमा टिकटक नचल्ने

अष्ट्रेलियामा सरकारी फोनमा टिकटक नचल्ने


ब्रिजबेन । अष्ट्रेलिया सरकारले संघिय निकायका मोवाईलमा टिकटक चलाउन प्रतिबन्ध लगाएको छ । सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको भिडियो शेयरिङ एप्लिकेशन प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले जानकारि दिनुभएको हो ।

देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको बताइएको छ । यो प्रतिबन्ध यथाशीघ्र कार्यान्वयन हुने महान्यायाधिवक्ता ड्रेफसले जानकारि दिनुभएको छ । यसअघि संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य र न्युजिल्यान्डले पनि सरकारी निकायको फोनमा यो एप्लिकेशनमाथि प्रतिबन्ध लगाइसकेका छन् । युरोपेली संसद्, युरोपेली आयोग र २७ सदस्यीय युरोपेली सङ्घका तीन प्रमुख संस्थाले पनि आफ्ना कर्मचारीका उपकरणमा टिकटक निषेध गरेका छन् । ती संस्थाले कर्मचारीलाई आफ्ना मोबाइल फोनबाट टिकटक हटाउन आग्रह गरेर प्रतिबद्ध लगाइएको छ ।

चिनियाँ प्राविधिक कम्पनी बाइटेन्सले आफ्नो स्वामित्वको टिकटकमा आबद्ध व्यक्तिका विवरण चीन सरकारलाई उपलब्ध नगर्ने जनाउँदै अमेरिकी प्रयोगकर्ताका विवरणलाई पनि चीनको पहुँच बाहिर राख्ने बताएको छ । अन्य सामाजिक सञ्जाल कम्पनीभन्दा धेरै प्रयोगकर्ताको विवरण सङ्कलन गरेको आरोपमा टिकटकको मातृ कम्पनी बारम्बार विवादमा पर्दै आएको छ । यद्यपि उसले आफ्नो व्यवस्थापन स्वतन्त्र रहेको र टिकटकका विवरण दुरुपयोग नहुनेगरि सुरक्षित रहेको दाबी गर्दै आएको छ । गोपनीयता र सुरक्षा चिन्ता जनाउँदै भारतले सन् २०२० मा टिकटक र मेसेजिङ एप वी च्याट लगायत दर्जनौँ चिनियाँ एपमा राष्ट्रव्यापी प्रतिबन्ध लगाएको थियो । चीन र भारतबीचको सीमा क्षेत्रमा दुवै देशका सैनिक आमनेसामने भएपछि नयाँ दिल्लीले यो निर्णय गरेको थियो । चिनियाँ र भारतीय सेनाबीचको भिडन्तमा २० जना भारतीय सैनिकले ज्यान गुमाएका थिए भने दर्जनौँ घाइते भएका थिए । अमेरिकाले टिकटकमाथि सरकारी मोवाईलमा प्रतिबन्ध लगाएपछि चीनले यो कदमको आलोचना गर्दै त्यसलाई राज्यशक्तिको दुरुपयोग भनेको थियो । योसँगै अन्य देशमा प्रतिबद्ध लगाउने क्रम चलेसँगै अन्य देशका कम्पनीलाई अमेरिकाले दबाइरहेको आरोप टिकटक कम्पनीले लगाउँदैआएको छ ।

अष्ट्रेलियामा संघीय सरकार मातहतका कार्यालयका उपकरण बाहेकमा यस्तो प्रतिबन्ध लागू नहुने बताइएको छ । संघीय सरकार बाहेकका राज्य सरकारले टिकटक बारेको निर्णय अहिलेसम्म लिएका छैनन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ