Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसिक्किममा हिमपहिरो : तीन नेपालीसहित ७ जनाको मृत्यु, १३ जना घाईते

सिक्किममा हिमपहिरो : तीन नेपालीसहित ७ जनाको मृत्यु, १३ जना घाईते


काठमाडौं । भारतस्थित सिक्किममा हिमपहिरोमा परेर तीन नेपालीसहित सात जनाको ज्यान गएको छ । हिमपहिरोमा परेर अन्य १३ जना घाइते भएका छन् ।

अप्रिल ४ तारेख मङ्गलवार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको ज्यान गएको सिक्किम सरकारले विज्ञप्ति मार्फत पुष्टि गरेको हो । ज्यान गुमाउने अरू चार जना भारतीय नागरिक रहेका छन् ।

यस्तै घाइते १३ मध्ये तीन जना नेपाली रहेको बताइएको छ । गीता सापकोटा, ज्वोती गुरुङ र रमेश खनालको उपचार भइरहेको छ । हिमपहिरोमा चार सयभन्दा धेरै पर्यटक फसेको र उद्धार कार्य जारी रहेको जनाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ