Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमेयर बालेनको आक्रोशित स्टाटस, ‘देश सफा गर्न नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्छ’

मेयर बालेनको आक्रोशित स्टाटस, ‘देश सफा गर्न नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्छ’


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्नुभएको छ । स्थानीय नेताहरुले सिसडोलमा फोहोर व्यवस्थापनमा पटकपटक अवरोध गर्दैआएपछि मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै आजदेखि नै सिंहदरबारभित्रबाट निस्कने फोहोर नउठाउने बताउनुभएको हो ।

देशकै पुरानो र जेठो महानगरका मेयर रहेका साहले देश सफा गर्न परे नेताहरुलाई सिसडोलमा डप्प गर्नुपर्ने भन्दै आक्रोश समेत पोख्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ,‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे,त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’

यस्तो छ फेसबुक स्टाटस :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ