Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा नेपाली युवामाथी छुरा प्रहार

सिड्नीमा नेपाली युवामाथी छुरा प्रहार


सिड्नी । अष्ट्रेलियाको सिड्नीमा एक जना नेपाली युवामाथी छुरा प्रहार भएको छ । सिड्नीको कोग्रामा रहेको एक नेपाली रेस्टुरेन्टको फ्याक्ट्रिमा बाहिर भ्यानमा सामान राखिरहेको समयमा नेपाली सेफमाथी छुरा प्रहर भएको हो ।

सिधै आएर चक्कु हानेका व्यक्तिले आफुले हातमा लगाएको सुनको ब्रास्लेट लुट्न खोजेको तर आफूले अवरोध गरेपछि नसकेको घाईतेले नेपालट्युबलाई जानकारि दिनुभएको छ । अप्रिल १० तारेख साँढे ११ बजेतिर घटना घटेको प्रहरीले जनाएको छ ।  सेन्ट जर्ज अस्पतालमा उपचारपछि घाईते घर फर्किसकेका छन् ।

शरिरमा क्षती पुर्याउने उद्देश्यसहित आक्रमण गरिएको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेर कानुनी कारबाही अघि बढाएको छ । न्यु साउथ वेल्स प्रहरीले घटनाबारे थप अनुसन्धान भैरहेको जानकारि दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ