Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबैतडीमा जीप दुर्घटना, एउटै गाउँका ६ जनाको मृत्यु !

बैतडीमा जीप दुर्घटना, एउटै गाउँका ६ जनाको मृत्यु !


काठमाडौं । बैतडीमा गएराति साढे ११ बजे जीप दुर्घटना हुँदा एकै गाउँका ६ जनाले ज्यान गुमाएका छन् । जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा भएको दुर्घटनामा परेर बझाङको केदारस्युँ गाउँपालिका–५ कै ६ जनाले ज्यान गुमाएका हुन ।

ज्यान गुमाउनेमा बाँझका ६० वर्षीय मने बोहरा, ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । चालकसहित १२ जना चढेको जीपमा रहेका अरु पाँच जनाले भने हाम फालेर ज्यान जोगाएका छन् ।

से१ज ७६४ नम्बरको जीपका चालक अहिले फरार रहेका छन् । बैतडीको झुलाघाटबाट बझाङको बागथलाका लागि छुटेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले प्रारम्भिक आँकलनसहित थप अनुसन्धान गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ