Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियाको राजदूतमा सिफारिस दाहाल को हुन् ?

अष्ट्रेलियाको राजदूतमा सिफारिस दाहाल को हुन् ?


काठमाडौ

नेपाल सरकारले अष्ट्रेलियाका लागि राजदूत सिफारिस गरेको छ । बिहिबार बसेको मन्त्री परिषद् बैठकले अष्ट्रेलियाको राजदूतमा महेशराज दाहालको नाम सिफारिस गरेको हो ।
तत्कालिन राजदूत लक्की शेर्पाले पदबाट राजिनामा दिएपछि अष्ट्रेलियामा ६ महिनादेखि राजदूत थिएन ।
प्रस्तावित राजदूत नेकपा अध्यक्ष पुष्पकमल दाहाल निकट मानिन्छ ।
सरकारले स्पेन, कतार र बंगलादेशको पनि राजदूत सिफारिस गरेको हो ।

को हुन् महेश दाहाल ?

हालै सरकारले अष्ट्रेलियाका लागि राजदूत सिफारिस गरेका महेश दाहाल नेपाल टेलिभिजनका पुर्व कार्यकारी अध्यक्ष हुन् ।
उनले नेपाल जेसिसको अध्यक्ष भएर समेत काम गरिसकेका छन् ।
४३ वर्षिय दाहाल ‘मोटिभेसनल स्पिकर’ समेत हुन् । खासगरि प्रचण्ड निकट रहेका उनलाई कुशल प्रशिक्षक समेत मानिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ