Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News‘विदेशमा रहेका नेपालीले आगामी निर्वाचनसम्म मतदान गर्न पाउनेछन’ : प्रधानमन्त्री प्रचण्ड

‘विदेशमा रहेका नेपालीले आगामी निर्वाचनसम्म मतदान गर्न पाउनेछन’ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रवासमा रहेका नेपालीले आगामी निर्वाचनमा मतदानको अधिकार दिलाउने प्रतिबद्धता जनाउनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले पार्टीको प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न सकेमा लाखौँ प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट वञ्चित हुनु नपर्ने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । वैदेशिक रोजगारीको सुधारको लागि सरकारले धेरै काम गरिसकेको र अझै थप काम गर्दै जाने पनि उहाँको प्रतिबद्धता थियो । वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले विदेशी मुद्रा सञ्चिति ११ महिनालाई धान्न सक्ने अवस्थामा पुग्नु आफैँमा अर्थतन्त्र सुधारको सङ्केत रहेको प्रधानमन्त्री प्रचण्डको जिकिर थियो ।

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने अवस्था सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डको जिकिर थियो । पछिल्ला दिनमा राजस्व सङ्कलनमा उल्लेखित सुधार भएको भन्दै प्रधानमन्त्री प्रचण्डले ब्याजदर घट्ने क्रम सुरु भएको जानकारि दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ