Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalइटाली, पोर्चुगल लगायतका देश पठाउने भन्दै २२ जनाको ६६ लाख ठगी, कन्सल्टेन्सी सन्चालक पक्राउ !

इटाली, पोर्चुगल लगायतका देश पठाउने भन्दै २२ जनाको ६६ लाख ठगी, कन्सल्टेन्सी सन्चालक पक्राउ !


काठमाडौं । दक्षिण कोरिया, इटाली, न्युजिल्यान्ड, पोर्चुगललगायतका देशमा पठाउने बहाना बनाएर २२ युवासँग ६६ लाख रुपैयाँभन्दा बढीठगी गरेको आरोपमा कन्सल्टेन्सी सन्चालक र म्यानेजिङ डाइरेक्टर पक्राउ परेका छन् ।

गोंगबुस्थित ग्रिनलिफ इन्टरनेसनल कन्सल्टेन्सीका सन्चालक र म्यानेजिङ डाइरेक्टरलाई विदेश पठाइदिने प्रलोभनमा पारेर ६६ लाख बढी ठगि गरेको अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ अभियुक्तहरु नेपाल स्नोफल माउन्टेन ट्रेक एन्ड एक्सिपिडिसन प्रालीमा पनि सन्चालक र म्यानेजिङ डाइरेक्टरको भूमिकामा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । युवाहरुसँग ५ लाख लागतमा मासिक एक लाख रुपैयाँभन्दा बढी कमाई हुने प्रलोभन देखाएर ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले ठगीको गुनासो र उजूरीको आधारमा दुई जनालाई पक्राउ गरिएको जानकारि दिनुभयो । २२ युवा बाहेक अन्य पीडित भएमा सम्पर्कमा आउन समेत उहाँले आग्रह गर्नुभएको छ । उजूरीका आधारमा अभियुक्त पक्राउ गरेर थप अनुसन्धान र कानुनी कारबाही अघि बढाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ