Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsजात्रैजात्रा ब्रिजवेन शोको फाइदा रबि लामिछानेलाई । (भिडियो सहित)

जात्रैजात्रा ब्रिजवेन शोको फाइदा रबि लामिछानेलाई । (भिडियो सहित)


ब्रिजवेन
जात्रैजात्रा सिनेमाले अष्ट्रेलियामा रेकर्ड ब्रेक शो गरेको छ । सोचेभन्दा बढी शो हाउसफुल भएपछि व्रिजवेनमा चलचित्र देखाउने आयोजकले आफ्नो फाइदाको आधा हिस्सा समाज सेवामा लगाउने निर्णय गरेको छ ।

पाचौं शोको फाइदाको आधा हिस्सा रबि लामिछानेको रासकोट अस्पतालका लागि दिने आयोजक नेप्सब्रिजवेनका अरुण तिवारीले जानकारी दिनुभयो ।
व्रिजवेनमा नेपाली चलिचत्रको ४ वटै शो हाउसफुल भएको यो नै पहिलो पटक भएको आयोजकको दावी छ । यसअघि नेपाली चलचित्रहरु मुस्किलले ३ शो मात्रै चल्ने गरेको थियो । ४ वटै शो हाउसफुल भएपछि आयोजकले व्रिजवेनमा पाचौं शो गर्ने तयारी गरेको छ । जुन १२ तारिखमा हुने शोको फाइदा अस्पतालका लागि दिन लागिएको हो ।

शोबाट हुने फाइदा झण्डै १५ सय र यसअघि आयोजकले संकलन गरेको १ हजार गरि २५ सय डलर अस्पताललाई दिने तयारी छ ।
सहयोग रकमबारे आयोजकले संचारकर्मी रबि लामिछानेसंग अनुमति लिइसकेको छ । टेलिफोन कुराकानीमा लामिछानेले आयोजकको यस्तो कदमको स्वागत गरे ।
जात्रैजात्राको मुख्य कलाकार विपिन कार्की व्रिजवेन आएको मौका छोपेर आयोजकले यस्तो घोषणा गरेको हो ।
आफुले अभिनय गरेको चलचित्र देखाएर उठेको फाइदा समाजसेवामा खर्च हुदा खुसी लागेको कार्कीको भनाई छ ।
जात्रैजात्राले अष्ट्रेलियामा नेपाली आमाबुवाका लागि निशल्क शो गर्ने तयारी रहेको समेत कार्कीले बताउनुभयो ।

https://www.youtube.com/watch?v=yQZ69b6JYPE&t=6s



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ