Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयूएईमा फेरी चम्कियो नेपाली युवाको भाग्य, चिठ्ठामार्फत जिते ७१ करोड ७८ लाख !

यूएईमा फेरी चम्कियो नेपाली युवाको भाग्य, चिठ्ठामार्फत जिते ७१ करोड ७८ लाख !


काठमाडौं । यूएईमा कार्यरत नेपाली चालकले चिठ्ठा मार्फत २ करोड दिराम जितेका छन् । खालिज टाइम्सका अनुसार पदम नाम गरेका नेपालीले सन् २०२३ मा यूएईमा खोलिएको ठूलो राशीको चिठ्ठा जित्ने पहिलो नेपालीको रेकर्ड बनाउनुभएको हो ।

पछिल्लो पटक नेपालीले जितेको चिठ्ठाको नेपाली रुपैयाँ ७१ करोड ७८ लाख रुपैयाँ हुन आउँछ । २३ वर्षदेखि युएईमा बस्दै आउनुभएका पदम विगतमा काम गर्ने कम्पनीकै मालिकको ड्राइभरका रूपमा कार्यरत हुनुहुन्छ । राफलको टिकट सुरु भएदेखी नै पदमले टिकट लिन थालेको बताउनुभयो । दुबईमा मासिक ५,७०० दिराम कमाउने पदमले अपांगता भएका व्यक्तिहरु, बृद्धबृद्धाहरुलाई साथ सहयोग गर्दै आउनुभएको थियो । करोडौँको चिठ्ठा जितेपछि यो सहयोगको स्तर थप बृद्धि हुने बताउनुभएको छ । चिठ्ठा वापत जितेको पैसाले आफ्नी श्रीमतीको उपचार खर्च, ऋण तिर्न,छोरीको भविष्यको शिक्षाका लागि बचत गर्ने र यूएईमै बस्ने योजना भएकाले घर बनाउने योजनामा रहेको पदमले बताउनुभएको छ ।

गत सेप्टेम्बरमा मात्रै दुबईमा झण्डै ३४ करोड रुपैयाँ बराबरको चिठ्ठा नेपाली युवाले जितेका थिए । केही वर्षदेखि दुबईमा रोजगारीका क्रममा पुगेर केही वर्षदेखी कार धुने काम गरिरहेका ३१ वर्षीय भरत बीकेले चर्चित मजुज चिठ्ठा मार्फत दश मिलियन अर्थात् एक करोड दिरामको उक्त चिठ्ठा जितेका हुन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ