दाइजोले द्धन्द्ध : पति, सासू-ससुरा र देवर मिलेर एक महिलामाथि आगो लगाई हत्या प्रयास !
काठमाडौं । दाइजोको निहुँमा एक महिलालाई श्रीमान्, ससुरा, सासु र देवरले आगो लगाएर हत्या प्रयास गरेको घटना सार्वजनिक भएको छ । जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठाकी महिलालाई श्रीमान् र उनको परिवार नै मिलेर आगो लगाएर हत्याको प्रयास गरेको घटना ८ दिनपछि बाहिरिएको हो ।
वैशाख १ मै स्वेतामाथि आगो झोसिएको भएपनि घटना बाहिरिने डरले उनका श्रीमान्ले घरमै थुनेर राखेका थिए । स्वेताको माइत भारत विहार राज्यको दरभंगा जिल्लाबाट म विशेषले बुबा जयकुमार झा आएपछि बल्ल छोरीलाई आगो लगाएर मार्ने प्रयास भएको थाहा पाए । छोरीलाई तत्कालै उपचारका लागि दरभंगा लगे पनि घटनामा संलग्नहरूमाथि कारबाहीका लागि जनकपुरधाम नै फर्किएका थिए । छातीको तल्लो भागदेखि तिघ्रासम्म शरीरको ३५ प्रतिशत भाग आगोले जलेको अवस्थामा प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । उपचाररत पीडितले भन्नुभयो ‘उहाँ (श्रीमान्) विदेश गएपछि म माइतमै बसे । एक रूपैयाँ कहिल्यै दिएनन् । सबै खर्च मेरो बुबाले नै तिर्नुहुन्थ्यो । विदेशबाट फर्केपछि तीन तोला चाँदीका लागि यातना दिइयो ।’ वैशाख १ गते ससुरा शिवशंकर झा र देवरले समातेर श्रमान् राजिव झाले आगो लगाएका थिए । छोरीलाई मार्ने प्रयास गर्नेहरूलाई कारबाहीका स्वेताका बुवाले यतिबेला हारगुहार गरिरहनुभएको छ ।
स्वेता र राजीवबीच १० वर्ष अगाडि सामाजिक परम्पराअनुसार विवाह भएको थियो । विवाहलगत्तै राजीव वैदेशिक रोजगारका लागि गएपछि स्वेता ५ वर्षसम्म माइतमै बसेकी थिइन् । श्रीमान घर फर्किएसँगै पटक पटक यातना भोग्नु परेको थियो । अनौँपचारिक रुपमा घटना बारे भर्खरै जानकारि आएकाले यथार्थ बुझ्ने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारि दिनुभएको छ ।
तपाईको प्रतिक्रिया