Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsप्रचण्डका तेह्र दिनेलाई नेकपा छिर्ना साथ अष्ट्रेलियाका राजदुत

प्रचण्डका तेह्र दिनेलाई नेकपा छिर्ना साथ अष्ट्रेलियाका राजदुत


काठमाडौ
नेपाल सरकारले अष्ट्रेलियाका लागि राजदूत सिफारिस गरेको छ । बिहिबार बसेको मन्त्री परिषद् बैठकले अष्ट्रेलियाको राजदूतमा महेशराज दाहालको नाम सिफारिस गरेको हो । तत्कालिन राजदूत लक्की शेर्पाले पदबाट राजिनामा दिएपछि अष्ट्रेलियामा ६ महिनादेखि राजदूत थिएन । 

को हुन् महेश दाहाल

हालै सरकारले अष्ट्रेलियाका लागि राजदूत सिफारिस गरेका महेश दाहाल नेपाल टेलिभिजनका पुर्व कार्यकारी अध्यक्ष हुन् । उनले अन्तराष्ट्रिय सामाजिक संस्था नेपाल जेसिसको अध्यक्ष भएर समेत काम गरिसकेका छन् । ४३ वर्षिय दाहाल ‘मोटिभेसनल स्पिकर’ समेत हुन् । उनी कुशल प्रशिक्षक समेत मानिन्छ ।
चितवन स्थायी घर भएका दाहाल गत ९ असोज २०७५ मा नेकपामा प्रवेश गरेका थिए । त्यसअघि सम्म दाहाल कांग्रेस निकट थिए । दाहालका बाबु टिकाराम दाहाल पनि कांग्रेसका नेता हुन् । सुशिल कोइराला नेतृत्वको कांग्रेस सरकारका संचारमन्त्री मिनेन्द्र रिजालले दाहाललाई नेपाल टेलिभिजनको अध्यक्ष बनाइएको थियो । दाहाललाई पछि माओवादी केन्द्रबाट मन्त्री बनेका राम कार्कीले कार्यकाल थप गरिदिएका थिए ।
माओवादी मन्त्रीले दास्रो पटक कार्यकाल थप गरिदिएपछि दाहाल कम्युनिष्ट निकट हुन थालेका थिए । त्यसो त दाहाल नेकपा अध्यक्ष
पुष्पकमल दाहाल ‘प्रचण्ड’का तेह्रदिने दाजूभाइ हुन् । तत्कालिन एमाले र माओवादी मिलेर बहुमत प्राप्त गरेर शक्तिशाली सरकार बनाएपछि दाहाल पनि नेकपा प्रवेश गरेका थिए । उनलाई प्रचण्ड ९ असोज २०७५ मा बिहान ९ बजेको फ्लाइटबाट अमेरिका उड्नुअघि हतार हतार प्रवेश गराइएको थियो ।
समय अनुसार छलाङ मार्न सक्ने क्षमताका दाहाल पार्टी प्रवेश गरेको ९ महिनामा नै राजदुत सिफारिसमा परेका पर्न सफल भएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ