Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकतार प्रहरीमा जागिर लगाइदिने भन्दै १८ जनासँग ६३ लाख ठगी, यसरी पक्राउ परे ठग !

कतार प्रहरीमा जागिर लगाइदिने भन्दै १८ जनासँग ६३ लाख ठगी, यसरी पक्राउ परे ठग !


काठमाडौं । बैदेशिक रोजगारी अन्तर्गत कतार प्रहरीमा जागिर लगाइदिने प्रलोभनमा पारेर १८ जनासँग ६३ लाख ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । ६३ लाख रुपैयाँ ठगेर फरार भएका सप्तरीको कञ्चनपुर घर भई हाल काठमाडौंको टोखा बस्ने पूर्णकुमार दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले दाहालले कतारको प्रहरीमा रोजगारी पाइने र त्यसका लागि सात लाख रुपैयाँ लाग्ने भन्दै रकम उठाएर फरार भएको उजूरीका आधारमा पक्राउ गरिएको जानकारि दिनुभएको छ । रकम उठाएर ठगी गर्ने नियत राख्दा प्रहरीमा जागिर भएपछि मासिक एक लाख रुपैयाँ कमाइ हुने लोभ देखाएको थियो । पीडितहरुको उजुरीपछि वैदेशिक रोजगार विभागबाट पक्राउ गरीदिन माग भएअनुसार गएराति झापाबाट पक्राउ गरीको बताइएको छ ।

आवश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग काठमाडौंमा पठाइएको र बाँकी उजूरी अनुसारको अनुसन्धानपछि कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ । अन्य कोही ठगिएको भएमा सम्पर्कमा आउन समेत आह्वान गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ