Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा राष्ट्रिय उद्यमी सम्मेलन, २०० बढी व्यवसायीको जमघटले नयाँ उद्यमीलाई फाईदै फाईदा !

सिड्नीमा राष्ट्रिय उद्यमी सम्मेलन, २०० बढी व्यवसायीको जमघटले नयाँ उद्यमीलाई फाईदै फाईदा !


ब्रिजबेन । गैर आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले सिड्नीमा भब्यताका साथ राष्ट्रिय उद्यमी सम्मेलन २०२३ आयोजना गरेको छ । आज सिड्नीको हायात रिजेन्सीमा सञ्चालन भएको एक दिने सम्मेलनमा बिभिन्न क्षेत्र, पेशा\ब्यवसायबाट प्रतिनिधित्व गर्ने २०० बढी विज्ञ\विशेषज्ञहरुले अनुभवन आदानप्रदान गर्नुभएको छ ।

एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष तथा सम्मेलन आयोजक समितिका संयोजक रहनुभएका अनिल पोखरेलले हरेक दुई वर्षमा आयोजना हुने यो एनआरएन अष्ट्रेलियाको नियमित कार्यक्रम भएपनि थप पृथक बनेको बताउनुभयो । यसअघिनै स्थापित भइसकेका उद्यमी र नयाँ उद्यमीहरू एउटै स्थानमा भेला हुने, विचार तथा अनुभवहरू आदन प्रदान गर्ने र उनीहरूबीचको नेटवर्किङलाई बढाउने उद्देश्यले सम्मेलन सफल भएको पोखरेलले जानकारि दिनुभयो । अष्ट्रेलियामा छरिएर रहेका नेपाली उद्यमी तथा बुद्धिजीवीहरूलाई समेटेर समसामयिक विषयमा व्यवसायको विकास र विस्तारसँगै सिकेको ज्ञान र अनुभवलाई आपसमा साटासाट गर्ने काम सम्मेलनका क्रममा भएको छ ।

बिभिन्न ब्यवसायका सञ्चालक, लगानीकर्ताहरु, बिभिन्न विषयका विज्ञ, राजनीतिज्ञ, कुटनीतिक क्षेत्रका प्रतिनिधि तथा समुदायका अगुवाहरुले यो सम्मेलनमा आ—आफ्ना बिचार र अनुभवहरु साँटासाँट गर्नुभएको छ । सम्मेलनमा व्यवस्थापिक परिषद् सदस्य लगायतका राजनीतिकर्मीहरुले नेपाली समूदायको औद्योगिक अभियानमा साथ दिने प्रतिबद्धता जनाउनुभएको थियो । सम्मेलनका क्रममा विभिन्न व्यक्तिका सफलता, व्यवसायीक सफलताका भिडियो सामाग्री समेत प्रस्तुत गरिएका थिए ।

महिला उद्यमशीलता, अष्ट्रेलियाको अर्थ ब्यवस्था, प्रबिधि र उद्यमशीलताको सम्बन्ध, उद्यमशीलता, प्रबिधि र आविस्कारले बृद्धबृद्धा हेरचाहसम्बन्धी सेवामा गर्न सकिने रुपान्तरण, ब्यवसायमा प्रतिश्पर्धा कि सहकार्य अनि हाँसो योगाका माध्यमबाट कसरि सफल बन्न सकिन्छ भन्नेबारे विभिन्न विज्ञहरुले आफ्नो अनुभवन आदानप्रदान गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ