अष्ट्रेलिया पठाइदिने भन्दै ३० लाख ठगी गर्ने युवती पक्राउ

काठमाडौं। अष्ट्रेलिया पठाइदिने भन्दै ३० लाख रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भई हाल काठमाडौं महानगरपालिका–१ लाजिमपाट बस्ने २५ वर्षीया सयना लाई ठगीको उजूरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले लाजिमपाटबाट पक्राउ गरिएकी अभियुक्तमाथी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको छ । पीडितहरुबाट पटक पटक गरी ३० लाख रुपैयाँ रकम ठगी गरी सम्पर्कविहीन भएको उजूरी अपराध महाशाखामा परेसँगै टोली नै परिचालन गरेर पक्राउ गरिएको थियो ।
तपाईको प्रतिक्रिया