Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियाबाट सुरु भयो गुरुङ अनलाईन शब्दकोष

अष्ट्रेलियाबाट सुरु भयो गुरुङ अनलाईन शब्दकोष


सिड्नी
गुरुङ भाषा संरक्षण गर्न अष्ट्रेलियाको सिड्नीबाट अनलाईन शब्दकोष सुरु भएको छ ।
समाजसेवी लिल गुरुङको सक्रियतामा तमु अनलाईन डिक्सनेरी सुरु भएको हो ।
शब्दकोषमा अंग्रेजी, नेपाली र गुरुङ गरि ३ भाषा समेटिएको छ । शब्दकोषमा अंग्रेजी शब्द लेखेर खोजेपछि देव नागरिक लिपीमा गुरुङ भाषाको अर्थ देखिन्छ । जसलाई सहि लवजमा उच्चारण गर्नका लागि त्यो शब्दलाई सुन्ने व्यवस्था समेत गरिएको छ ।

किताबको रुपमा छापिएका शब्दकोषहरु सबै ठाउमा उपलब्ध नहुने भएकाले डिजिटल शब्दकोष निमार्ण गर्नु परेको लिल गुरुङले बताउनुभयो ।
गुरुङ भाषा क्षेत्र र जिल्ला अनुसार केही फरक हुन्छन् । यो शब्दकोषमा सबै क्षेत्रको गुरुङ भाषा समेटिने प्रयास गरिएको निर्माताले जनाएका छन् ।
त्यसो त, यो अनलाईन शब्दकोषलाई खुल्ला स्रोतको रुपमा समेत विस्तार गरिएको छ । यसको मतलव गुरुङ भाषा जान्ने जो कोहीले यो अनलाईनमा गएर नयाँ नयाँ शब्दहरु थपघट गर्न सक्छन् ।

यसले सबै खाले गुरुङ भाषालाई एउटै शब्दकोषमा ल्याउन सहयोग पुग्ने बताइएको छ ।
अष्ट्रेलियामा गुरुङहरुको बाक्लो बसोबास छ । व्यक्तिगत प्रयासमा सुरु भएको शब्दकोषलाई संस्थागत रुपमा गठन भएका तमु समाजहरुले समेत सहयोग गर्नुपर्ने निर्माता लिल गुरुङको भनाई छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ