Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsलुटपाटका लागि निरा पाण्डेको हत्या, अभियुक्त पक्राउ गरेर थप अनुसन्धान गर्दै प्रहरी !

लुटपाटका लागि निरा पाण्डेको हत्या, अभियुक्त पक्राउ गरेर थप अनुसन्धान गर्दै प्रहरी !


काठमाडौं । काठमाडौं सरस्वतीनगरकी निरा आचार्यको हत्यामा संलग्नताको अभियोगमा प्रहरीले झापाका विनोद विश्वकर्मालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पत्रकार सम्मेलन गरेर अभियुक्त सार्वजनिक गर्दै अहिलेसम्मको अनुसन्धानबारे जानकारी दिएको हो ।

प्रहरीका अनुसार झापामा बाउन्सरको काम गर्ने विश्वकर्मा घटनाको एक हप्ता पहिलो मात्रै काठमाडौं आएर लोकन्थलीमा साथीको डेरामा बसेका थिए । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का एसएसपी दिनेश आचार्यले बैशाख ७ गते घटनाको दिन लोकन्थलीबाट सात बजे बस चढेर चुच्चेपाटीस्थित केएल टावर पुगेको र त्यहाँबाट निरा पाण्डेको पसलमा पुगेको जानकारि दिनुभयो । सुरुमा पसलमा गएर भाँडाको मोलमोलाइ गरेका विश्वकर्मा केही भाँडाहरु रोजिसकेपछि पैसा निकालेर ल्याउने बहानामा पसलबाट निस्किएका थिए । ‘पसलबाट निस्किएएर १०÷१५ मिनेटपछि दिउँसो २ः४४ मा फेरि फर्केर आक्रमण भएको देखिएको छ’, आचार्यले भन्नुभयो । कुनै हतियार बिनै घटनास्थल पुगेका आक्रमणकारीले पसलमै रहेको चक्कुले प्रहार गरेका थिए ।

हत्यापछि त्यहीँ लुगा फेरेर निस्किएको र टेम्पु चढेर भागेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार विश्वकर्माले निरुले लगाएको करिब एक तोलाको सिक्रीका साथै पसलको ड्रयरबाट १२ सय रुपैयाँ लुटेका थिए । लुटेको सिक्री उनले तारकेश्वरस्थित एक सुन पसलमा लगेर आधा मुल्यमा बेचेका थिए । प्रहरी बेचिएको उक्त सिक्री पनि फेला पारेको छ । पक्राउ विश्वकर्माले अपराध स्वीकार गरिसकेका छन् ।

आफू ऋणमा रहेकाले पैसाकै लागि लुटपाट गरेको विश्वकर्माले प्रारम्भिक बयान दिएको बताइएको छ । घरमा श्रीमती हुँदाहुँदै अन्यत्र अफेयर रहेको र ऋणको बिषमा बादबिवाद भएपछि काठमाडौं आएर अपराध कर्ममा लागेको खुलेको छ । मृतक र उनको परिवारसँग विश्वकर्माको कुनै सम्बन्ध र चिनजान देखिएको छैन । झापाबाट हत्याकै नियतले काठमाडौं भने नआएको पाइएको छ । हत्यामा लुटपाट भन्दा अर्को उद्देश्य नभेटिएको दाबीसहित प्रहरी थप अनुसन्धान गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ