Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaउपचारमा गम्भिर लापरबाही, सिड्नीमा कार्यरत नर्सको दर्ता एक वर्षका लागि रद्ध !

उपचारमा गम्भिर लापरबाही, सिड्नीमा कार्यरत नर्सको दर्ता एक वर्षका लागि रद्ध !


ब्रिजबेन । सिड्नीको एक नीजि अस्पतालमा उपचारका क्रममा लापरबाही गरेको अभियोगमा एक  नर्सको दर्ता एक वर्षका लागि रद्ध गरिएको छ । उपचारका क्रममा लापरबाही गर्दा एक ८५ वर्षीया बिरामीको मृत्यु भएपछि न्यु साउथ वेल्सको एनक्याटले एक वर्षका लागि दर्ता खारेज गरिदिएको हो ।

सन २०२१ को जुलाईमा नाइट ड्युटी गरिरहेको समयमा मोबाईलमा ब्यस्त भएर ५ जना विरामीको हेरचाहमा हेलचेक्राई गरिएको सीसीटीभी फुटेजबाट पुष्टि भएको बताइएको छ । मोबाईलमा झुण्डिने लतका कारण विरामीको मुटको चाल मनिटर गर्ने मेसिन समेत बन्द गरिएको र लामो समयसम्म अन्य नर्सले समेत वेवास्था गरेपछि बिरामीको मृत्यु भएको निष्कर्षसहित कारबाहीको प्रक्रिया अघि बढाइएको बताइएको छ ।

स्वास्थ्य क्षेत्र सम्बेदनशिल भएको र यहाँ सामान्य लापरबाहीका कारण समेत बिरामीको ज्यान जानसक्ने भन्दै एनक्याटले सबैलाई सचेत समेत गराएको छ । स्वास्थ्य क्षेत्रमा तपाईँ अष्ट्रेलियामा कार्यरत हुनुहुन्छ भने मोबाईलको लतबाट मुक्त हुनुहोस, सामान्य गल्तीका कारण आफूसँगै अरुलाई जोखिम बढाउने भन्दै सचेत र जिम्मेबार बन्नुहोस् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ