अष्ट्रेलियाको डार्बिनमा एक विद्यार्थीको हत्या, सुरक्षाको माग गर्दै आन्दोलन !
ब्रिजबेन । अष्ट्रेलियास्थित डार्बिनमा घरमै पसेर एक विद्यार्थीको हत्या भएको छ । घरमै गम्भिर घाईते भेटिएका २३ वर्षीया बंगलादेखी विद्यार्थीको उपचारका क्रममा रोयल डार्बिन अस्पतालमा मे ४ तारेखका दिन निधन भएको हो ।
पक्राउ परेका २९ वर्षीया व्यक्तिको कारबाट चोरीको समान समेत बरामत गरेको प्रहरीले चोरीका क्रममा हत्या गरिएको प्रारम्भिक निष्कर्ष निकालेको छ । नर्दन टेरिटोरीस्थित एन्टी प्रहरीले घटनाबारे थप अनुसन्धान भैरहेको जानकारि दिएको छ । चाल्स डार्बिन युनिभर्सिटी र स्थानीय समूदायले अपराध नियन्त्रण र शान्ति सुरक्षाको माग गर्दै शान्तिपूर्ण आन्दोलन समेत गरेका छन् । चोरी र हत्या हिंसाका घटना रोक्न सरकारको समेत ध्यानकर्षण गराइएको छ ।
नर्दन टेरिटोरी क्षेत्रमा ४ हजार बढी अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत रहेका छन् । नेपालीहरुको संख्या समेत हजारौँमा छ । एनआरएनए नर्दन टेरिटोरीका संयोजक विष्णु चापागाईले घर फोड्ने चोरी गर्ने गिरोह केही सक्रिय भएपनि नगन्य रहेको र आत्तिहाल्नुपर्ने, ठूलो जोखिम मान्नुपर्ने अवस्था भने नरहेको जानकारि दिनुभएको छ ।
तपाईको प्रतिक्रिया