Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा खुसीको खबर, एजकेयर र डिजाबिलिटी क्षेत्रमा काम गर्नेलाई अब २ वर्षमै पीआर !

अष्ट्रेलियामा खुसीको खबर, एजकेयर र डिजाबिलिटी क्षेत्रमा काम गर्नेलाई अब २ वर्षमै पीआर !


ब्रिजबेन । अष्ट्रेलियामा एजकेयर र डिजाबिलिटी क्षेत्रमा काम गर्नेहरुले अब स्पोन्सर स्कील भिषा हुँदै दुई वर्षमै पीआर पाउने भएका छन् । संघीय सरकारकी एजकेयर मन्त्री अनिका वेल्सले एजकेयर इन्डस्ट्रिज लेवर एग्रिमेन्ट अन्तर्गत यस्तो कानुनी व्यवस्था गर्न लागिएको जानकारि दिनुभएको हो ।

ग्रामिण क्षेत्रमा काम गर्ने एजकेयर कामदारलाई पीआर दिनेगरि डामा योजना ल्याइएको थियो । रजिष्ट्रर माइग्रेसन एजेन्टले यो डामा जस्तै व्यवस्था भएपनि अंग्रेजी भाषा र आम्दानीमा छुट दिइएको व्यवस्था भने अन्य कानुनी व्यवस्था पछि मात्रै खुल्ने जानकारि दिएका छन् । यसका लागि एजकेयर र डिजाबिलिटी कम्पनीहरुले नर्सिङ युनियनसँग सम्झौता गरेर प्रक्रिया अघि बढाउनुपर्नेछ । अहिले नै सम्झौता भएका कम्पनीमा काम गर्नेहरुले दुई वर्ष कार्यरत रहेको पुरा भएमा अहिले नै प्रक्रिया थाल्न पाउनेछन् ।

तपाईले विगत दुई वर्षअघिदेखी एजकेयर र डिजाबिलिटी क्षेत्रमा काम गर्दै हुनुहुन्छ भने यो कानुनी प्रक्रियाका लागि विश्वासिलो माईग्रेसन एजेण्डमार्फत थप सहयोग लिन सक्नुहुनेछ । अष्ट्रेलियामा दक्ष कामदारको अभाव बढिरहेको समयमा यस्तो नियममार्फत कामदारको अभाव पूर्ती गर्न लागिएको समेत आँकलन गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ