Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा नयाँ बजेट : जनता बचाउन राहत प्याकेज, एजकेयरमा काम गर्ने विद्यार्थीलाई लाभ !

अष्ट्रेलियामा नयाँ बजेट : जनता बचाउन राहत प्याकेज, एजकेयरमा काम गर्ने विद्यार्थीलाई लाभ !


ब्रिजबेन । विश्वभर देखिएको आर्थिक मन्दी कारण व्यवसायी र आम नागरिक मारमा परिरहँदा अष्ट्रेलियाको संघीय सरकारले भने नागरिकको जीवनस्तर सहज बनाउनेगरि बजेट ल्याएको छ । बजेटमार्फत १५ बिलियन डलर नागरिकको जीवनस्तर सहजिकरणका लागि सहुलियत र राहत दिनेगरि बजेट ल्याइएको हो ।

एजकेयरमा काम गर्नेहरुको तलब बृद्धिका लागि ११ बिलियन बढी रकम छुट्याएको छ । बच्चालाई चाईल्ड केयर पठाउने आमाबुबाको तलब ८० हजार डलर र त्यो भन्दा कम भएमा ९० प्रतिशतसम्म सहुलियत दिने घोषणा गरिएको छ । यो शिर्षकमा आगामी ४ वर्षसम्म ५५ बिलियन्स बढी खर्च हुने आँकलनसहित बजेटमार्फत तयारी गरिएको छ । भ्रष्टाचार नियन्त्रणका लागि संघीय सरकारमा रहेको भ्रष्टाचार नियन्त्रण आयोग संघमा समेत गठन गर्न मिलियन्स बढी बजेट बिनियोजन गरिएको छ ।

यस्तै, बजेटमार्फत आगामी डिसेम्बर ३१ सम्म एजकेयरसम्म काम गर्ने विद्यार्थीहरुको समयको सीमा हटाइएको छ । अर्थात अब एजकेयर क्षेत्रमा काम गर्ने विद्यार्थीले जति काम गरे पनि पाउने भएका छन् । अन्य क्षेत्रमा काम गर्ने विद्यार्थीका हकमा भने जुलाई १ बाट दुई सातामा ४८ घण्टा मात्र काम गर्न पाउने भएका छन् ।

बढ्दो आर्थिक मन्दी र महंगीको मारबाट नागरिक बचाउन सरकारले बजेटमार्फत ठूलो योगदान दिएको भन्दै प्रशंसा भैरहेको छ । बजेटले आर्थिक मारमा परेकाहरुलाई सहुलियत दिनेदेखी श्रमिक वर्गको हकहितलाई प्राथमिकता दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ