Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा तीन दिनदेखी सप्ताह महायज्ञ, पितृ अनुष्ठासँगै सामुहिक ब्रतबन्ध समेत गरिदै !

सिड्नीमा तीन दिनदेखी सप्ताह महायज्ञ, पितृ अनुष्ठासँगै सामुहिक ब्रतबन्ध समेत गरिदै !


ब्रिजबेन । सिड्नीमा विगत तीन दिनदेखी धार्मिक गतिबिधिलाई विस्तार र प्रबर्धन गर्ने उद्देश्यसहित सप्ताह महायज्ञ लगायतका धार्मिक कार्यक्रम भैरहेका छन् । सिड्नीको रिजेन्सपार्क साई  मन्दिरमा नेपाली धर्म संस्कृति र धार्मिक संस्कारको जगेर्नासँगै विस्तार गर्ने उद्देश्यले सप्ताहसहितका धार्मिक कार्यक्रम गरिएको नेपाली हिन्दु समाज अष्ट्रेलियाका कोषाध्यक्ष प्रकाश ढोडारीले जानकारि दिनुभएको हो ।

मे ८ देखी सुरु भएको सप्ताह कार्यक्रम मे १४ मा सम्पन्न हुने बताइएको छ । मे १३ मा पितृ अनुष्ठान, मे १४ चौध बटुकहरुको सामुहिक ब्रतबन्ध हुने आयोजक नेपाली हिन्दु समाजले जनाकारि दिएको छ । नेपाली धर्म संस्कृति र धार्मिक संस्कार नयाँ पुस्तामा हस्तान्तरण गराउन भन्दै समाजले विभिन्न कार्यक्रम गर्दैआएको छ । सप्ताहमा दैनिक तीन सयको सहभागिता भैरहेको र यो संख्या शुक्रबार, आईतबार र शनिबार उल्लेख्य रहेको नेपाली हिन्दु समाज अष्ट्रेलियाकी अध्यक्ष लक्ष्मी बस्ताकोटीले जानकारि दिनुभयो ।

समाजका कोषाध्यक्ष ढोडारीले पशुपतिनाथ, स्वयम्भुनाथको मन्दीर निर्माणको परियोजना सफलता बनाउने अभियान समेत तिब्रताका साथ अघि बढाइएको जानकारि दिनुभयो । सप्ताहको कथा बाचन युवा पण्डित कुँबेर सुवेदी, बालचन्द्र अधिकारी उपबाचक रहनुभएको छ । नेपाली हिन्दु समाज अष्ट्रेलियाले सप्ताह समापनका दिन मे १४ मा उपस्थित भएर प्रसाद ग्रहण गर्न र धार्मिक अभियानमा साथ दिने अष्ट्रेलियाको नेपाली समूदायसँगै सबै नेपालीहरुलाई आग्रह समेत गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ