Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनक्कली भुटानी शरणार्थी प्रकरण : नयाँ तथ्यतर्फ सोझिदै प्रहरी अनुसन्धान !

नक्कली भुटानी शरणार्थी प्रकरण : नयाँ तथ्यतर्फ सोझिदै प्रहरी अनुसन्धान !


काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर तेस्रो देश लैजाने गिरोहका बारेमा भैरहेको प्रहरी अनुसन्धानले एकपछि अर्को नयाँ तथ्य उजागर गरेको छ । बिचौलियासँगको भीआईपी कनेक्सन उजागर गरेको प्रहरीले यतिबेला पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकतवमा गठित कार्यदलले तयार पारेर मन्त्रालयलाई बुझाएको प्रतिवेदन बिचौलियाको हातमा कसरी पुग्यो भन्ने विषयको अनुसन्धानलाई तीव्र बनाएको छ ।

मन्त्री हुँद्र मन्त्रालयका प्रशासनिक नेतृत्वको हातमा पुगेको प्रतिवेदन बिचौलियाको हातमा पुर्‍याउन सहयोग पुर्‍याउने विभिन्न पक्ष र व्यक्तिको बारेमा प्रहरीले अनुसन्धान केन्द्रीत बनाएको छ । २०७६ कार्तिक १ गते पन्थी कार्यदलले तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल) लाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन मन्त्रीले प्रशासनिक नेतृत्वलाई हस्तान्तरण गरेका थिए । त्यसपछि सो प्रतिवेदन मन्त्रालयमा नै राखिएको थियो ।

अहिलेसम्म सार्वजनिक नगरिएको प्रतिवेदन कसरी बिचौलियाको हातमा पुग्यो ? यहि प्रतिवेदनमा छिरेर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउनेसम्मका खेल भएकाले नक्कली भुटानी प्रकरणमा राजनीतिक र प्रशासनिक संयन्त्र अर्थात राज्य समेतको मिलेमतोमा संठगीत ठगी भएको देखिएको छ । अहिलेसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वगृह सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहकार ईन्द्रजीत राई, पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप, केही बिचौलियासहितका १२ जना पक्राउ परेका छन् । एमालेका सचिवबाट कारबाही गरेका पूर्वमन्त्री रायमाझी, तत्कालिन गृहमन्त्री बादलका छोरा प्रतिक, सल्लाहकार राईका छोरा लगायतका ९ जना आरोपित फरार रहेका छन् ।

प्राप्त प्रमाण, बयान लगायतका विभिन्न पाटोबाट अनुसन्धान गरिरहेको प्रहरीले अन्य भीआईपीको संलग्नताको समेत शंकेत गरेको छ । पूर्वगृहमन्त्री खाँड पत्नी मञ्जु, पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवा पत्नी आरजु, पूर्वगृहमन्त्री बादल, पूर्वउपराष्ट्रपतिका छोरा दिपेश, लगायतका केही नेतासम्मले गिरोहबाट पैसा बुझेको बारे आएको बयानसँगै प्रमाणको खोजीमा प्रहरी जुटेको छ । यो प्रकरणमा ८ सय ७५ जनाको एक अर्ब हाराहारी ठगी भएको आँकलन गरिएको छ भने गृहसचिव, कर्मचारी, उच्च राजनीतिक नेतृत्वसम्मको साँठगाँठ रहेको खुलेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ