Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको मेलबर्नमा सडक दुर्घटनामा परेर नेपाली दम्पत्तिको निधन !

अष्ट्रेलियाको मेलबर्नमा सडक दुर्घटनामा परेर नेपाली दम्पत्तिको निधन !


मेलवर्न । अष्ट्रेलियाको मेलबर्नमा सडक दुर्घटनामा परेर नेपाली दम्पत्तिको ज्यान गएको छ । मेलबर्नको कउलफिल्ड क्षेत्रमा सिल्भर कलरको होन्डा कारलाई तिब्र गतिमा आएको कालो रङको बीएमडब्लु कारले ठक्कर दिदा होन्डामा सवार दुई नेपालीको ज्यान गएको स्थानीय प्रहरीले जानकारि दिएको हो ।

भिक्टोरियाको कउलफिल्डस्थित एक चोकबाट देब्रे मोडिदै गरेको नेपाली चढेको कारलाई दाईने तर्फको मुख्य सडकबाट आएको कालो रङको बीएमडब्लु कारले १५ मे को राती पौँने ११ बजे ठक्कर दिएको थियो । रातो बत्तिमा समेत तिब्र गतिमा हुईकिएको बीएमडब्लुका कारण  दुर्घटना भएको बताइएको छ । बीएमडब्लुको ठक्करबाट पल्टिएको होन्डामा सवार दुई जनाकोको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।  मृतक नेपाली दम्पत्ति नेपालस्थित बुटवलका रहेको एनआरएनए भिक्टोरियाका संयोजक हरी खड्काले जानकारि दिनुभएको छ । मृतकका परिवारलाई सम्पर्कमा ल्याउने प्रयासमा समेत एनआरएनए भिक्टोरिया जुटेको छ ।

दुर्घटना बारे भिक्टोरिया प्रहरी र ट्राफिक युनिटले अनुसन्धान अघि बढाएको छ । भिक्टोरियामा पछिल्लो बर्ष ३३ प्रतिशतले सडक दुर्घटनामा बृद्धि आएको छ । यो वर्षमात्रै १ सय २० जनाले सडक दुर्घटनाबाट ज्यान गुमाएका छन् । तपाई अष्ट्रेलियामा हुनुहुन्छ भने यात्राका क्रममा सधै सचेत रहनुहोला ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ