Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा सडक दुर्घटनाको जोखिम, यसरी लिन सकिन्छ कानुनी सहायता !

अष्ट्रेलियामा सडक दुर्घटनाको जोखिम, यसरी लिन सकिन्छ कानुनी सहायता !


मेलवर्न । मेलवर्नमा पछिल्लो एकसातामै दुईवटा सडक दुर्घटनामा परेर तीन नेपालीको निधन भएसँगै परिवारले पाउने कानुनी सेवा सुविधाको बहस सुरु भएको छ । सडक दुर्घटना ज्यान गुमाएका नेपालीको शव नेपालीहरुकै सक्रियतामा पैसा उठाएर स्वदेश पठाउने र दाहसंस्कार गर्ने काम मात्रै भैरहेको समयमा कानुनी सुविधाको हकदाबीका लागि कानुन व्यवसायीले सुझाब दिएका हुन ।

मेलवर्नमा कानुन व्यवसायीका रुपमा क्रियाशिल रहनुभएका टोनु घोतानेले ट्रन्सपोर्ट एक्सिडेन्ट एक्ट १९८६ अन्तर्गत ट्रन्सपोर्ट एक्सिडेन्ट कमिशन टीएस्सी मार्फत दुर्घटनामा ज्यान गुमाउने र अंगभंग हुनेका परिवारले २ लाख डलरसम्मको राहत पाउने जानकारि दिनुभयो । २ हजार किलोमिटर यात्रा पुरा भएपछि गल्ती गर्ने र अरुका कारण जोखिम व्यहोर्नुपरेका जो कोहीले यो कानुनी सहायताको मागदाबी गर्नसक्ने घोताने बताउनुहुन्छ । व्यक्तिगत रुपमा मागदाबी गर्दा कानुनी प्रक्रिया पुरा नभएर झमेला हुनसक्ने भन्दै उहाँले रोड रेक्सीडेन्ट ईन्जुरी लयर्समार्फत निशुल्क कानुनी प्रक्रिया थाल्न सुझाबदिनुभएको छ ।

ट्रन्सपोर्ट एक्सिडेन्ट एक्टको सुविधा बाहेक काम गरिरहेकाहरुले दुर्घटनामा अंगभंग भएमा वा ज्यान गुमाएमा परिवारका सदस्यले सुपर मार्फत डेथ बेनिफिटको मागदाबी गर्न सक्ने कानुनी सुविधा अष्ट्रेलियामा रहेको छ । यसका लागि सुपर एकान्ट मार्फत डेथ बेनिफिटको सुविधाका लागि मासिक प्रिमियम तिरेको हुनुपर्ने छ । आफ्नो एकाउण्ट हेरेर डेथ बेनिफिटको किस्ता र सुविधा बारे जानकारी लिन र बेलैमा सचेत बन्न कानुन व्यवसायी घोतानेले आग्रह गर्नुभएको छ ।

सडक दुर्घटनामा ज्यान गुमाएमा वा अंगभंग भएमाहरुले गाडीको ईन्सुरेन्स, ट्रन्सपोर्ट एक्सिडेन्ट एक्टको राहत प्याकेज र सुपर लगायतका सुविधा पाउने भएकाले यसबारे कानुन व्यवसायीसँग परामर्श गरेर कानुनी सहायताको प्रक्रिया थाल्नुपर्ने हुन्छ । यात्राका क्रममा सबैभन्दा पहिला सचेतना अपनाऔँ, भैपरीमार्फत दुर्घटनाको जोखिम व्यहोर्नुपरेमा सबै मिलेर सहायता गरौँ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ