Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजबेनमा मृत भेटिएका युवाको शव नेपाल ल्याउन सहयोग संकलन गरिदै, सकेको सहयोग गरौँ !

ब्रिजबेनमा मृत भेटिएका युवाको शव नेपाल ल्याउन सहयोग संकलन गरिदै, सकेको सहयोग गरौँ !


ब्रिजबेन । ब्रिजबेनको नन्दा क्षेत्रमा मृत अवस्थामा भेटिनुभएका ३२ वर्षीया गोपाल बहादुर कार्कीको शव नेपाल पठाउन सहयोग संकलन अभियान थालिएको छ । आर्थिक अवस्था कमजोर भएका कार्कीको शव नेपाल पठाउन १५ हजार डलर संकलन गर्ने लक्ष्यसहित एनआरएन क्विन्सल्याण्डले गोफण्ड मी मार्फत सहयोग संकलन सुरु गरेको हो ।

विगत ६ वर्षदेखी नन्दा क्षेत्रमा श्रीमतिसहित बस्दै आउनुभएका कार्कीको शव दुईदिनअघि सडक छेउमा भेटिएको थियो । विगत ६ वर्षअघि अष्ट्रेलिया आउनुभएका कार्की अहिलेसम्म पनि विद्यार्थी भिसामै रहनुभएको थियो । शोकमा रहेका परिवारका सदस्यहरूलाई आर्थिक सहायताका माध्यमबाट सहयोग जुटाउन पहल गरिएको भन्दै एनआरएनए क्विन्सल्याण्डले सकेको सहयोग गर्न सबैलाई आग्रह गरेको छ । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेपनि मानसिक तनाव एउटा प्रमुख कारण रहेको प्रारम्भिक आँकलन गरिएको छ ।

शोकसँगै आर्थिक समस्यामा फसेको कार्की परिवारलाई तपाई पनि आफूले सकेको सहयोग गर्न चाहानुहुन्छ भने गोफण्ड मीको यो लिंकमा गएर सहयोग गर्न सक्नुहुनेछ । तपाई हाम्रो सानो सहयोगले पीडामा परेको परिवारलाई ठूलो राहत पुग्नसक्छ । सबै मिलेर दुःख सुखमा हातेमालो गरौँ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ