Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaपर्थको सडकमा सुत्दैआएका नेपाली युवा अध्यागमनको हिरासतमा, नेपाल फर्काउने पहलमा परिवार !

पर्थको सडकमा सुत्दैआएका नेपाली युवा अध्यागमनको हिरासतमा, नेपाल फर्काउने पहलमा परिवार !


पर्थ । घरवारबिहिन भएर डेढ वर्षदेखी सडकमा सुत्दैआएका २४ वर्षीया नेपाली विद्यार्थी अहिले अध्यागमनको नियन्त्रणमा रहेको खुलेको छ । केहीदिन अघि मेलवर्नमा बस्दैआएका उनका भतिज पर्थ पुगेर खोजी गर्दा सडक छेउको बस्ने ठाउँ मात्रै फेला पारेका थिए । पछि बुझ्दा भिसा सकिएको अवस्था उनी अध्यागमनको नियन्त्रणमा रहेको खुलेको हो ।

पर्थको सडकमा टेन्टमा बस्दैआएको अवस्थामा डेढ वर्ष अघि एनआरएन वेस्टर्न अष्ट्रेलियाको टिमले उद्धार गरेर खाना जुटाईदिने, कामसँगै कोठा समेत खोजेर राखेको थियो । तर उनी २० दिनमै फेरी सडकमै फर्किएका थिए । एकसाताअघि मात्रै अष्ट्रेलियाको अध्यागमनको हिरासतमा पुगेका दाहाल थरका २४ वर्षिया विद्यार्थी लामो समयदेखी परिवारको सम्पर्कमा रहेका थिएनन् । उनको खोजीका लागि परिवारका सदस्यले नेपाल ट्युबलाई समेत लिखित पत्र पठाएर सहयोग मागेका थिए । वेष्टर्न अष्ट्रेलियाका एनआरएनए संयोजक दिपक बस्नेतले यी युवा केही समयदेखी कुलतमा समेत फसेको जानकारि दिनुभएको छ । लाखौँ खर्चेर उच्च शिक्षा र परिवारको सपना पुरा गराउन अष्ट्रेलिया आउने अनि कुुलतमा फस्ने र भिसा बिगार्ने काम गरेर बिचैमा स्वदेश फर्किने अवस्थाको अन्त्यका लागि तपाई सचेत बन्नुहोस् ।

मेलवर्नका अध्यागमन सम्बन्धी कानुनका जानकार टोनु घोतानेले परिवारसँग सम्पर्क गरेर नेपाल फर्किने प्रक्रिथा लाग्न सकिने सुझाब दिनुभएको छ । पर्थ पुगेका उनका आफन्तले समेत अध्यागमनसँग सम्पर्क गरेर नेपाल फर्काउने प्रक्रिया थालिएको जानकारि दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ