Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअन्तरजातिय प्रेम कि बन्धकपछिको बलात्कार ? यसरी पक्राउ परेका रहेछन बागलुङका प्रभात !

अन्तरजातिय प्रेम कि बन्धकपछिको बलात्कार ? यसरी पक्राउ परेका रहेछन बागलुङका प्रभात !


काठमाडौं । भाईरल टिकटकर समेत रहेका बागलुङका प्रभात बस्याल अन्तरजातिय प्रेमका कारण प्रहरी खोरमा पुगेको भन्दै अहिले बिरोध भैरहेको छ । एक ब्राह्मण युवतीसँगको प्रेममा रहेका बस्याललाई युवतीको परिवारले स्विकार नगरेपछि दुबैजना भागेर करिब दुई वर्ष भारत पुगे बस्यालका आफन्तले बताएका छन् । पछि प्रेम र विबाह स्विकार्ने भन्दै नेपाल बोलाएर जातकै कारण अपहरण र बलात्कारको निवेदन प्रहरीमा दर्ता गराएर प्रभातलाई प्रक्राउ गरिएको भन्दै यतिबेला चौतर्फी बिरोध भैरहेको छ ।

घिमिरे परिवारले अपहरण र बलात्कारको मुद्दा दायर गरेको भनिएपनि जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख मदन कुबरले पीडित युवती आफै आएर उजूरी दिएको नेपालट्युबलाई जानकारि दिनुभएको छ । अन्तरजातिय प्रेम, बिवाह र पारिवारिक बेमलका कारण प्रहरीसम्म उजूरी आईपुगेको भन्दै बाहिर टिकाटिप्पणी भएपनी पीडित युवती आफै उजूरी बोकेर आएपछि प्रभातलाई जेठ ७ गते पक्राउ गरेर आवश्यक अनुसन्धान थालिएको कुँबरले जानकारि दिनुभयो । ‘दुई वर्षदेखि प्रेम सम्बनधमा भएको कुरा समेत चर्चामा आएको छ । तर उजूरी परेपछि र पीडित भएभन्दै युवती आफै आएपछि कानुन अनुसारको अनुसन्धान र कारबाहीको प्रक्रिया थाल्नुपर्ने हुन्छ’, कुँबरले बताउनुभयो ।

प्रहरी हिरासतमा रहेका बस्यालमाथी लागेको आरोपको आवश्यक अनुसन्धानपछि प्रहरीले यो मुद्धालाई अदालतमा पुर्याएपछि मात्रै कानुनी रुपमा किनारा लाग्नेछ । जेठ ७ मा पहिलो पटक ५ दिनको र म्यादसकिएपछि जेठ १२ पछि थप ७ दिनको अदालती म्याद लिएको प्रहरी यसपछि अदालतमा मुद्धा लैजाने योजनामा रहेको छ । बाग्लुङका प्रभात जातिय विभेदका कारण पक्राउ परेको भन्दै उनलाई बिनासर्त रिहा गरेर न्याय दिन भन्दै बाग्लुङ र म्यग्दी क्षेत्रमा आन्दोलन समेत हुँदैआएको छ ।

कानुनले जातिय रुपमा बिभेद गर्न नपाउने व्यवस्था गरेपनि अन्तरजातिपय प्रेम र बिबाहका कारण नेपाली समाजमा बारम्बार यस्ता उजूरी र हिंसा भड्किनेसम्मका गतिबिधि हुनेगरेका छन् । तीनवर्षअघि मात्रै रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा अन्तरजातिय प्रेमलाई बिबाहमा परिणत गर्न खोज्दा गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । उनका ६ जना साथी समेत सेतीमा बेपत्ता भएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ