Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsदरबार हत्याकाण्डको २२ वर्ष : कस्ले हत्या गर्यो विरेन्द्र परिवार ? अझै रहश्यमय !

दरबार हत्याकाण्डको २२ वर्ष : कस्ले हत्या गर्यो विरेन्द्र परिवार ? अझै रहश्यमय !


काठमाडौं । तत्कालीन राजा वीरेन्द्रको परिवार नै सखाप हुनेगरि भएको दरबार हत्याकाण्डको २२ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो ।

तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहितको निधन भएको हत्याकाण्डको सरकारद्वारा गठित समितिले छानबिनसहित प्रतिवेदन समेत बुझाएको थियो । घटना तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर छानविन समितिको प्रतिवेदनले गरेपनि यसलाई धेरैले अझसम्म पनि विश्वास गरेका छैनन् । २२ वर्ष बित्दासम्म पनि हत्याकाण्डको वास्तविक तथ्य अझै बाहिर आउन सकेको भन्दै सरकारको आलोचना समेत हुने गरेको छ ।

हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले सङ्ग्रहालय बनाइएको छ । संग्रहालय बनाएर तत्कालिन राजदरबारलाई आम्दानीको श्रोत बनाएको सरकारले कहालिलाग्दो हत्याकाण्डको विश्वासिलो आधार र कारणसहित नागरिकलाई विश्वस्थ पार्न सकिरहेको छैन । दरबार हत्याकाण्डलाई कतिपयले देशी विदेशी षड्यन्त्र भनेपनि रहश्य अहिले पनि खोजिकै विषय बनेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ