Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsइराकसहित थप ७१ देशमा वैदेशिक रोजगारी खुला गर्ने तयारी, अब नेपालबाट यी देश जान पाइने !

इराकसहित थप ७१ देशमा वैदेशिक रोजगारी खुला गर्ने तयारी, अब नेपालबाट यी देश जान पाइने !


काठमाडौं । सरकारले दौत्य सम्बन्ध भएका सबै मुलुकमा एकै पटक वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिबन्धमा रहेको इराकसहितका थप ७१ देशमा एकै पटक वैदेशिक रोजगारी खुला गर्ने गृहकार्य अघि बढाएको हो ।

नेपालसँग द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापित भएका सबै देश वैदेशिक रोजगारीका लागि खुला भएमा थप ७१ सहित कुल १७९ वटा देशमा नेपालीहरुले रोजगारीको लागि जान पाउने छन् । सरकारले खुला गरेपनि सबै देशबाट नेपाली श्रमिकको माग आउँछ भन्ने सुनिश्चित भने हुुँदैन । यद्यपी कसैले माग ल्याएमा श्रम स्वीकृति रोकिने छैन । मन्त्रालयका सचिव एकनारायण अर्यालले दौत्य सम्बन्ध कायम भएका संसारका सबै मुलुकका लागि श्रम स्वीकृति दिनेगरि काम कारबाही अघि बढेको जानकारी दिनुभयो । मन्त्रालयले इराकको अवस्था विगतको जस्तो नभएको भन्दै नयाँ परिवेश मूल्यांकन गरेर वैदेशिक रोजगारीका लागि खुला गर्ने तयारी भइरहेको समेत जानकारि गराएको छ । ‘मन्टेनेग्रोबाट समेत नेपाली श्रमिकको माग भएको छ, हिजोको जस्तो अवस्था आज इराकमा छैन, इराकमा पुननिर्माणको कामहरु भइरहेका छन् र त्यहाँबाट श्रमिकको माग छ, आजको इराकको अवस्था मूल्यांकन गर्नुपर्यो ।’ सचिव अर्यालले भन्नुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीको पहलमा नेपालसँग द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापित सबै देशमा वैदेशिक रोजगारीको अवशर खुल्ला गर्न लागिएको बताइएको छ । मन्त्री भण्डारीले वैदेशिक रोजगारीलाई थप परिस्कृतका साथै व्यवस्थित गर्न सरकार अग्रसर भएको बताउनुभएको छ ।

नेपालले अहिलेसम्म १७९ देशसँग दौत्य सम्बन्ध कायम गरेको छ । वैदेशिक रोजगारीका लागि १११ देश खुला भएपनि अफगानिस्तान, लिबिया र इराक वैदेशिक रोजगारीमा जान नपाउने गरी कालोसूचीमा राखिएको छ । आन्तरिक गृहयुद्धमा फसेका यी देशमा समेत अब नेपाली श्रमिक पठाउने गृहकार्यमा सरकार जुटेको छ । सरकारी तयारीले सार्थकता पाएमा यीसहित ७१ वटा मुलुक एकैपटक नेपालबाट वैदेशिक रोजगारीमा जान पाइन देशमा रुपमा सूचीकृत हुनेछन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ