Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा पासपोर्टको अत्यावश्यक पर्यो, यसरी लिनसकिन्छ नेपाली दूतावासबाट सेवा !

अष्ट्रेलियामा पासपोर्टको अत्यावश्यक पर्यो, यसरी लिनसकिन्छ नेपाली दूतावासबाट सेवा !


ब्रिजबेन । अष्ट्रेलियास्थित नेपाली राजदूतावासले अत्यावश्यक अवस्थामा बुकिङ डेट बिना नै पासपोर्ट नविकरण र नयाँ बनाउन सहयोग गर्ने भएको छ । नेपालका लागि अष्ट्रेलियाका राजदूत कैलाशराज पोखरेलले पासपोर्टको म्याद सकिएको, हराएको, च्यातिएको र तत्काल यात्रा गर्नुपर्ने अवस्थामा सिधै इमेल लेख्न, फोन गर्न वा क्यानबेरास्थित दूतावासमा आएर पासपोर्टको अत्यावश्यक सेवा लिन आग्रह गर्नुभएको हो ।

डार्बिनस्थित नेपाल फेष्टिभलपछि समुदायसंगको छलफलका क्रममा नेपालट्युबले सोधेको प्रश्नको उत्तर दिदै राजदूत पोखरेलले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । हराएका व्यक्तिले प्रहरी रिपोर्टका आधारमा, म्याद सकिएर अत्यावश्यक परेका, च्यातिएको अवस्थामा भएकाहरुले अर्जेन्ट आवश्यकता भए मात्रै इमरजेन्सी सेवा लिन उहाँले आग्रह गर्नुभएको छ । समस्यामा परेका नेपाली समूदायलाई सहयोग गर्न, समस्या समाधानमा पहलकदमी भुमिका खेल्न दूतावास जिम्मेवार भएर लाग्ने प्रतिबद्धता राजदूत पोखरेलको रहेको छ ।

राजदूतावासले घुम्ति सेवा मार्फत समय समयमा अष्ट्रेलियाका विभिन्न शहरहरुमा पासपोर्ट सेवा पुर्याउदै आएको छ । घुम्ति शिविरबाट ठूलो राहत पाएका नेपाली समूदायले अत्यावश्यक सेवामार्फत थप राहतको अनुभव गर्ने विश्वास दूतावासले लिएको छ । ई पासपोर्टका कारण बायोमेट्रिक र फिङ्गर प्रिन्ट सेवाका लागि क्यानवेरास्थित दूतावास नै पुग्नुपर्ने समस्या भने टाढाटाढा रहेकाहरुले भोग्नुपरिरहेको छ । समस्यामा परेर, अत्यावश्यक भएर के गरौँ, कसो गरौँ भन्ने अवस्थामा रहनुभएका नेपालीहरुले राजदूत पोखरेलको प्रतिवद्धतापछि भने राहत महसुस गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ