Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsयसरी हुदैछ चुनाव । मतदान केन्द्रको ठेगाना र भोट हाल्ने तरिका सहित (भिडियो)

यसरी हुदैछ चुनाव । मतदान केन्द्रको ठेगाना र भोट हाल्ने तरिका सहित (भिडियो)


सरल गुरुङ/व्रिजवेन

गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले नयाँ नेतृत्व पाउन केही घण्टा मात्रै बाँकी छ ।
अष्ट्रेलिया भरीका ११ हजार ५ सय ९९ जना सदस्यले निर्वाचन मार्फत राष्ट्रिय र राज्यस्तरको नेतृत्व छान्नेछन् । जसका लागि जुलाई ६ मा अष्ट्रेलियाभर निर्वाचन हुन लागेको हो । देशभरी नै शान्तिपुर्ण तवरले निर्वाचन गर्न मन केसीको नेतृत्वमा ८२ सदस्यीय निर्वाचन आयोग गठन गरिएको छ । निर्वाचनको सबै तयारी पुरा भएको आयोगले जनाएको छ ।
अष्ट्रेलियाको अध्यक्ष पदका लागि दुइ उमेद्वारसहित देशैभरीबाट झण्डै ४ सय जना विभिन्न पदका लागि चुनावी मैदानमा उत्रिएका छन् । खासगरी साझा र समावेशी सिद्धान्तलाई आत्मसाथ गर्दै दुइ समुह चुनावी मैदानमा होमिएका हुन् ।  उनीहरुबिच कसले बाजी मार्छ अबको केही दिनमा छिनोफानो हुनेछ ।

सात राज्यमा १४ मतदान केन्द सबैभन्दा बढी कुइन्सल्याण्डमा

 

निर्वाचन आयोगले अष्ट्रेलियाको ७ वटा राज्यमा १४ वटा मतदान केन्द्र तोकेको छ । मतदान केन्द्रहरुको ठेगाना हेर्न यहाँ थिच्नुहोस् ।

न्यु साउथ वेल्सको सिड्नी र डब्बोमा एक एक मतदान केन्द्र राखिएको छ । त्यस्तै कुइन्सल्याण्ड राज्यमा भने ७ वटा मतदान केन्द्रहरु राखिएका छन् । कुइन्सल्याण्डको व्रिजवेन, केन्स, गोलकोष्ट र हार्विवेमा एउटा एउटा मतदान केन्द्र तोकिएको हो । त्यस्तै रकह्याम्पटन, सनसाइन कोष्ट र टोओम्बामा पनि एउटा एउटा केन्द्र राखिएको छ ।

त्यस्तै भिक्टोरियाको मेलवर्न, साउथ अष्ट्रेलियाको एडिलेड, वेष्टन अष्ट्रेलियाको पर्थ, एसिटीको क्यानवेरा र तास्मानियाको होबार्टमा एक एक मतदान केन्द्र राखिएको छ ।

 

नर्दन टेरिटोरी र दुर्गममा अनलाईन भोटिङ

एनआरएनए अष्ट्रेलियाले पहिलो पटक एउटा राज्यमा पुरै अनलाईन मतदान गर्ने भएको छ । नर्दन टेरिटोरीमा यसपाली पुरै अनलाईन मतदान हुन लागेको आयोगका उपसंयोजक उप संयोजक ध्रुब सुवेदीले जानकारी दिनुभयो । अघिल्लो निर्वाचनमा नर्दन टेरिटोरीमा ५० जनाले गरेको अनलाईन भोटिङ सफल भएपछि यसपाली पुरै राज्यको निर्वाचनलाई अनलाईन गरिएको सुवेदीको भनाई छ ।
यसपाली ५ सय ४४ जनाले नर्दन टेरिटोरीमा अनलाईन मार्फत मतदान गर्नेछन् ।
त्यस्तै अन्य राज्यका दुर्गम भेगमा बस्नेहरुले समेत अनलाईन भोटिङ गर्न सक्नेछन् । जसका लागि आयोगमा पुर्व जानकारी दिएर आफ्नो फोन नम्बर, इमेल र विवरण दर्ता गर्नुपर्ने नियम छ ।
‘अनलाईन भोटिङका लागि हामीले नाम दर्ता गरिसकेका छौ’- सुवेदीले भने -‘हामी उहा“हरुलाई इमेलमा विशेष कोड पठाउछौ । त्यहि कोडका आधारमा अनलाईन भोटिङ गर्न सकिने छ’ ।
यसपाली ८ सय ४३ जनाले अनलाईन भोटिङ गर्दैछन् । जसमा कुइन्सल्याण्डमा ४१, न्यु साउथ वेल्समा १४६ र भिक्टोरियामा ६४जनाले अनलाईन भोटिङ गर्दैछन् । त्यस्तै साउथ अष्ट्रेलियामा २, वेष्टनअष्ट्रेलियामा ३२ र नर्दन टेरिटोरीमा ५ सय ४४ ले अनलाईन मार्फत आफ्नो मत हाल्दैछन् । त्यस्तै तास्मानियामा १५ र क्यानवेरामा ९ जनाले पनि अनलाईन मतदान गर्न आफ्नो नाम दर्ता गरेका छन् ।
निर्वाचन आयोगले भेरो भोटिङ नामक कम्पनीमार्फत अनलाईन भोटिङ गर्न लागेको हो । जसका लागि झण्डै १० हजार डलर खर्च लाग्ने उपसंयोजक सुवेदीले बताउनुभयो ।
निर्वाचन सकिएको केही घण्टामा नै सबै प्रकृया सकेर अनलाईन भोटिङको नतिजा निकाल्न सकिने सुवेदीको भनाई छ ।
अर्को वर्षदेखि अष्ट्रेलिया भरी नै अनलाईन मतदान गर्ने तयारी रहेको सुवेदीले बताउनुभयो ।
यसपालीको निर्वाचनमा झण्डै १ लाख डलर खर्च हुने अनुमान गरिएको छ ।

यसरी हाल्नुस् अनलाईन भोट

https://www.facebook.com/NepaltubeAustralia/videos/2555721487795822/

नो फोन नो भोट

मतदान केन्द्रमा भोट हाल्न जानका लागि मतदाताले अनिवार्य रुपमा आफ्नो मोवाइल बोक्नुपर्ने छ । सदस्यता दर्ता गर्ने बेला राखिएको फोन नम्बरमा निर्वाचन आयोगले कोड नम्बर पठाउने छ । मोवाइलमा आएको कोडले कम्प्युटरमा लगइन गरेपछि मात्रै लाइनमा बसेर भोट हाल्न पाइनेछ ।
त्यस्तै मतदाताले थप प्रमाणका लागि मेडिकेयर कार्ड, चालक अनुमति पत्र, फोटो आइडी, अष्ट्रेलियन पासपोर्ट वा भिसाको कपी मध्ये एक साथमा हुनुपर्नेछ ।
गैर सदस्यले भोट हाल्न नपाओस् भनेर यस्तो व्यवस्था गरिएको निर्वाचन आयुक्त मन केसीले बताउनुभयो ।
यसरी हाल्नुस् मतदान केन्द्रमा भोट

https://www.facebook.com/NepaltubeAustralia/videos/2052522364874027/



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ