Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsचर्चित कलाकार र युट्युबर पक्राउ, प्रतिबन्धित वानएक्सबेट मा यस्तो हुनसक्छ कारबाही !

चर्चित कलाकार र युट्युबर पक्राउ, प्रतिबन्धित वानएक्सबेट मा यस्तो हुनसक्छ कारबाही !


काठमाडौं । कलाकार र युट्युबरहरुको एउटा समूह नेपालमा प्रतिबन्धित वान एक्स बेट मार्फट सट्टेबाजीमा लागेको, प्रचार प्रसार गरेर अबैध काममा नागरिकलाई उक्साएको अभियोगमा पक्राउ परेको छ । केही महिना देखि वानएक्स बेट कारोबारमाथी अनुसन्धान गरिरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहिबार मात्रै पाँच जना कलाकारसहित ३ जना युट्युबरलाई पक्राउ गरेको हो ।

पक्राउ आरोपित माथी अदालतबाट ४ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले जानकारि दिनुभयो । बिहिबार प्रहरीको फन्दामा पर्नेमा कलाकारहरु राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), भटभटे माइला (बेगम नेपाली), पवन खतिवडा (म्याकुरी) र सरोज घिमिरेलाई रहेका छन् । यस्तै युट्युबर अलिस राई, जलन घर्ती मगर र गणेश देवकोटा पनि राजधानीका विभिन्न स्थानबाट पक्राउ परेका छन् । पक्राउ कलाकार र युट्युबरले आफूले पनि खेलेको भन्दै प्रतिबन्धित वानएक्स बेटमा युवाहरुलाई उक्साउनेगरि विज्ञापन गरेको अभियोग लगाइएको छ ।

यी कलाकार र युट्युबर पक्राउको चरणसम्म आईपुग्दा प्रहरीले दर्जन बढीलाई पक्राउ गरेको छ । बुधबार मात्रै पनि प्रहरीले वानएक्स बेटमार्फत सट्टेवाजी गर्ने र डलर संकलन गर्ने मुख्य व्यक्तिमध्येका एक चाबहिलका दिनेश खड्कासहित उनकी श्रीमती अनिता धिताल, भक्तपुरका दिपेश श्रेष्ठ, पेप्पीकोला बस्ने दिनेश चन्द र नागार्जुन नगरपालिका–२ बस्ने आशिष लामिछानेलाई पक्राउ गरेको थियो । उनीहरुले विभिन्न मोबाइल नम्बर प्रयोग गरेर इ सेवा मार्फत जंगल, पुकुडन, पिंकी, पिन्टु, गुल्लु, चिकु–वान, अनियन–वान नामको कनेक्ट आइपीएस एकाउन्ट मा साँढे २ करोड बढी राखेको खुलेको थियो । यसरी राखिएको रकम मध्येपनि ५९ लाख २९ हजार कारोबार भैसकेको खुलेको छ । गिरोहका नाईके खड्काले राम बिलाश डिथारु, तेज बहादुर ठयात खडका, नवीन चौधरी, अनिता धितालको नामका कागजातहरु प्रयोग गरी विभिन्न बैंकमा ६३ वटा खाता खोलेको यी खातामध्ये १२ वटा खातामा हालसम्म ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यस्तो छ कानुनी कारवाहीको व्यवस्था :
मुलुकी अपराध संहिता, २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने व्यवस्था छ । धारा १२५ को ९२० को उपदफा ९१० को ९क० मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा रु ३० हजार सम्म जरिवाना र उपदफा ९ख० मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र रु ५० हजार सम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र रु १० हजार सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ