Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रभात बसेललाई साढे २ लाख धरौटीमा छाड्न अदालतको अनुमति, के होला पोखराको मुद्धा ?

प्रभात बसेललाई साढे २ लाख धरौटीमा छाड्न अदालतको अनुमति, के होला पोखराको मुद्धा ?


काठमाडौं । अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका बागलुङका प्रभात बसेललाई साढे २ लाख धरौटीमा रिहा गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत म्याग्दीका न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले केही सर्त सहित उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

प्रभातविरुद्ध म्याग्दीकी २२ वर्षीया युवतीले जेठ ७ गते जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धनको आरोप लगाउँदै मुद्दा दर्ता गराएकी थिइन् । प्रभातलाई जायरवाला ४३ ९४०० ले ०७९ फागुन ६ गते अपहरण गरेर बन्धक बनाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएकी थिइन । उजुरीमाथिको अनुसन्धान सकेर यसैसाता प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। प्रभातका आफन्त र साथीले केटीका अभिभावकले स्वीकार गर्छौ भनेर बोलाएर केटा, केटीलाई छुट्टाएको, पछि केटीलाई उचालेर प्रभात विरुद्ध मुद्दा हाल्न लगाएको आरोप लगाउँदै आएका छन् । जायरवाला र उनका परिवारले भने यो आरोप अस्वीकार गदै आएका छन्। जायरवाला र प्रभात १५ दिन भारतको कलकत्तामा समेत बसेर फर्किएका थिए।

म्याग्दी अदालतले धरौटीमा छोड्न अनुमति दिए पनि प्रभात तत्काल रिहा भने हुने छैनन् । उनीविरुद्ध परेको जबरजस्ती करणीको मुद्दाको अनुसन्धान कास्की प्रहरीले गरिरहेको छ । उक्त मुद्दाको आदेश नआएसम्म उनी प्रहरी हिरासतमै रहनुपर्नेछ । यता, बिहीबारको प्रतिनिधि सभा बैठकमा सून्य समयमा बोल्दै नेपाली कांग्रेस नेतृ एवं प्रतिनिधि सभा सदस्य शान्ति विकले बसेल दलित भएकै कारण युवतीको परिवारले बालात्कार, अपहरण, शरीर बन्धकको झुठा मुद्दा लगाएको र यसबारे सिंगो संसद, सरकार गम्भिर अनि जिम्मेवार बन्नुपर्ने भन्दै ध्यानाकर्षण गराउनुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ