Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNews७१ प्रतिशत मात्र मत खस्यो । अध्यक्षका उमेद्वारको राज्यमै सबैभन्दा कम मत ।

७१ प्रतिशत मात्र मत खस्यो । अध्यक्षका उमेद्वारको राज्यमै सबैभन्दा कम मत ।


सरल गुरुङ/सिड्नी

गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको निर्वाचनमा ७१ प्रतिशत मात्रै मत खसेको छ ।
चुनावको मुखमा उमेद्वारको जोडबलले सदस्य बनेकाहरु नै अधिकांश मतदान गर्न गएनन् । 
एक लाख नेपाली बसोबास गर्ने अष्ट्रेलियामा जम्मा ११ हजार ६ सय १७ सदस्य बनेका थिए ।
तिनै सदस्यहरुमध्ये पनि जम्मा ८ हजार २ सय ९५ सदस्यले मात्रै मतदान गरेका हुन् ।
नेपाली समुदायको साझा संस्था भएपनि गैर आवासिय नेपाली संघ अष्ट्रेलियामा सबै खाले नेपालीको सहभागिता हुन सकिरहेको छैन भन्ने यो बलियो उदाहरण हो ।
प्रारम्भिक मतदानको विवरण सार्वजनिक भएपछि ब्रिजवेनका पत्रकार डाक्टर भरतराज पौडेलले फेसबुकमा प्रश्न गरेका छन् -‘सदस्य बनाउने बेला मारामार गरियो, भोट हाल्ने त्यत्रा मान्छे खै त अहिले ?’ 

अरु त अरु अध्यक्षका दुई उमेद्वारकै राज्यमा सबैभन्दा कम मत खस्नु पनि अर्को उदेक लाग्दो कुरो हो ।
अध्यक्षका उमेद्वार केशव कँडेलको राज्य भिक्टोरियामै सबैभन्दा कम मत खसेको छ । भिक्टोरियामा १९९४ मध्ये १२ सय २७ मात्र अर्थात ६३ प्रतिशत मात्र मत खसेको हो ।
अर्का अध्यक्षका उमेद्वार दिनेश पोखेरेलको राज्य न्यु साउथ वेल्सको पनि हालत उस्तै छ । सबैभन्दा धेरै सदस्य भएर पनि न्यु साउथ वेल्समा जम्मा ६३ प्रतिशत मात्रै मत खसेको छ । ४६ सय ५१ सदस्यमध्ये ३ हजार ४३ ले मतदान गरेका हुन् ।

त्यस्तै सबैभन्दा धेरै मतदान नर्दन टेरिटोरीमा खसेको छ । पुर्ण अनलाईन भोटिङ गरिएको नर्दन टेरिटोरीमा ९० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
५ सय२४ मध्ये ४ सय७५ ले भोट हालेका हुन् ।
त्यस्तै ८२ प्रतिशतसंगै मत धेरै खस्ने दोस्रो स्थानमा परेको छ साउथ अष्ट्रेलिया र क्यावेरामा । साउथमा १ हजार ६६ मतदाता मध्ये ८ सय ७४ ले मतदान गरेका छन् । भने क्यानवेरामा ७ सय १९ मध्ये ५ सय ९० ले भोट हालेका छन् ।
त्यस्तै तास्मानियामा ८१ प्रतिशत मत खसेको छ भने कुईन्सलयाण्डमा जम्मा ७७ प्रतिशत भोट हालिएको छ ।
तास्मानियामा २ सय ९ मध्ये १ सय ७१ मतदाताले भोट हालेका हुन् भने कुइन्सल्याण्डमा १४ सय ४९ मध्ये ११ सय २७ मतदाताले मात्रै मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयुक्त मन केसीले भने अपेक्षा अनुसार नै मत खसेको बताउनुभयो ।
नेपाल ट्युब अष्ट्रेलियासंग संक्षिप्त कुरा गर्दै केसीले भने -‘हाम्रो अपेक्षा नै ६० देखि ७० प्रतिशत मत खस्ने थियो । यो पहिलै देखिको ट्रेण्ड पनि हो ।’ 
नतिजा केही घण्टामा सार्वजनिक हुदैछ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ