Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभिक्टोरियामा लाईसेन्स निःशुल्क, यी चालकलाई नविकरणमा समेत २५ प्रतिशत छुट !

भिक्टोरियामा लाईसेन्स निःशुल्क, यी चालकलाई नविकरणमा समेत २५ प्रतिशत छुट !


ब्रिजबेन । भिक्टोरिया राज्यमा सवारी चालक अनुमति पत्र लिनका लागि कुनै पनि शुल्क तिर्नु नपर्ने भएको छ । ड्राईभिङ टेस्ट निशुल्क गरेको भिक्टोरिया राज्यले यसमा पास भएपछि सिकारु चालकले पाउने लाईसेन्स, प्रोफेश्नल रेड पी र ग्रीन पी लाईसेन्स लिन समेत कुनै पनि शुल्क नलाग्ने भएको हो ।

गत अगस्तबाट लागु भएको निःशुल्क लाइसेन्सको यो व्यवस्थाले प्रतिव्यक्ति २ सय डलर जति बचत हुने भएको छ । तीन वर्षसम्म ट्राफिक नियम उल्लंघन नगरि म्यारिट नम्बर नघट्ने चालकको लाईसेन्स नविकरणमा समेत २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । भिक्टोरिया राज्यका प्रिमियर ड्यानियल एन्ड्रयूले समेत एक विज्ञप्ती जारी गर्दै निशुल्क गरिएको लाईसेन्स सम्बन्धी व्यवस्था बारे जानकारि गराउनुभएको छ ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बिना झञ्झट अझ निःशुल्क लाईसेन्स पाइने व्यवस्था बारे नेपालमा समेत चर्चा सुरु भएको छ । नेपालमा धेरै खर्च गरेर,झञ्झट ब्यहोर्दा समेत वर्षौ कुर्नुपर्ने भन्दै भिक्टोरियाबाट पाठ सिक्न सरकारलाई धेरैले सुझाब समेत दिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ