Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News‘प्रेमि’ले थुनाएका प्रभातलाई धरौटीमा रिहा गर्न अदालतको अनुमति !

‘प्रेमि’ले थुनाएका प्रभातलाई धरौटीमा रिहा गर्न अदालतको अनुमति !


काठमाडौं । बलात्कार,अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका बागलुङका प्रभात बसेललाई १ लाख धरौटीमा रिहा गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत पोखराले बलात्कारको मुद्दामा केही सर्त सहित १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

प्रभातविरुद्ध म्याग्दीकी २२ वर्षीया युवतीले जेठ ७ गते जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धनको आरोप लगाउँदै मुद्दा दर्ता गराएकी थिइन् । प्रभातलाई जायरवाला ४३ ९४०० ले ०७९ फागुन ६ गते अपहरण गरेर बन्धक बनाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएकी थिइन । उजुरीमाथिको अनुसन्धान सकेर यसैसाता प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

प्रभातका आफन्त र साथीले केटीका अभिभावकले स्वीकार गर्छौ भनेर बोलाएर केटा, केटीलाई छुट्टाएको, पछि केटीलाई उचालेर प्रभात विरुद्ध मुद्दा हाल्न लगाएको आरोप लगाउँदै आएका छन् । जायरवाला र उनका परिवारले भने यो आरोप अस्वीकार गदै आएका छन्। जायरवाला र प्रभात १५ दिन भारतको कलकत्तामा समेत बसेर फर्किएका थिए।

यसअघि नै अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले साँढे  २ लाख धरौटीमा छोड्न अनुमति दिएको थियो । प्रभात  पोखरामा परेको जबरजस्ती करणीको मुद्दाको कारण प्रहरी हिरासतमा रहदैआएका थिए । अब भने कानुनी प्रक्रिया पूरा गरेर धरौटीमा प्रभात रिहाइ हुनेछन् । धरौटी बुझाउन नसकेमा भने सो बराबरको कैद हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ