Thursday, 16 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबझाङ दुर्घटना : सुदूरपश्चिमका कानूनमन्त्री सिंहसहित तीन जनाको मृत्यु !

बझाङ दुर्घटना : सुदूरपश्चिमका कानूनमन्त्री सिंहसहित तीन जनाको मृत्यु !


काठमाडौं । सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको जीप दुर्घटनामा परेर निधन भएको छ । मन्त्री सिंहको कोहलपुर मेडिकल कलेज, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारि दिएको हो ।

मंगलबार धनगढीबाट बझाङ जाँदै गरेको अवस्थामा मन्त्री सिंहको गाडी दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर उहाँकी श्रीमती अमृतादेवी र भाउजु जानकीको घटनास्थलमा मृत्यु भएकोमा सिंहको उपचारको क्रममा ज्यान गएको हो । सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।

मन्त्री सिंहलाई उपचारका लागि हेलिकोप्टरमा नेपालगञ्ज ल्याइएको भएपनि उपचारका क्रममा मृत्यु भएको थियो । मन्त्री सिंहका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीको अहिले पनि उपचार भैरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ